Dhangadhi Khabar http://dhangadhikhabar.com Dhangadhi Khabar - Nepal's top news portal from Far west Nepal en-US hourly 1 Copyright 2022 Fri, 28 Jan 2022 01:55:29 +0545 एक वर्षमा २ सय ९३ कुकुरहरूको सहारा बन्यो धनगढीको ‘स्ट्रिट पव्ज’ http://dhangadhikhabar.com/news/42695 Thu, 27 Jan 2022 20:30:53 +0545 http://dhangadhikhabar.com/news/42695 कैलालीको धनगढीमा रहेको स्ट्रिट पव्ज नामक संस्थाले एक वर्षको अवधिमा २ सय ९३ व्यसहारा कुकुरहरूको उद्धार गरेको छ । धनगढी । कैलालीको धनगढीमा रहेको ‘स्ट्रिट पव्ज’ नामक संस्थाले एक वर्षको अवधिमा २ सय ९३ व्यसहारा कुकुरहरूको उद्धार गरेको छ । धनगढी उप-महानगरपालिकाको वडा नंं.  ३ मा अवस्थित सो संस्थाले सडकमा चोटपटक लागेका तथा विभिन्न रोग लागेका अशक्त कुकुरहरूको उद्धार गरी सहारा दिइरहेको हो । 

नेपालमा मात्रै नभई अहिले कोरोना भाइरस कोभिड-१९ जस्तो सङ्क्रामक रोगका कारण विश्व नै आक्रान्त बनिरहेको छ । कोभिड महामारी सँग सामना गरिरहेको कैलाली लगायतका सुदूरका विभिन्न मुख्य सहरहरूमा भने वेसहारा अर्थात् छाडा कुकुरहरूका कारण दुर्घटना सँगै बौलाहा कुकुरले टोकेमा सर्ने सङ्क्रामक रेबिज रोग सर्न सक्ने जोखिम पनि उत्तिकै रहेको छ । 

यसै खतरालाई कम गर्न र स्वच्छ सफा धनगढी बनाउने कार्यमा सहयोग पुगोस् भन्ने ध्यले धनगढी ३ की रितिका गुरुङले आफ्नो व्यक्तिगत लगानी र सहयोगी दताहरुको सहयोगमा धनगढीका व्यसहारा कुकुरको सहारा बनिरहेकी छन् । 

विगत एक वर्ष देखी सडकको छेउमा रहेका कुकुरका बेवारिसे बच्चालाई एक/दुई गर्दा गर्दै घरमा लिएर राख्दै आएको  र अहिले धेरै हुने गरेको ‘स्ट्रिट पव्ज’ की संञ्चालीका रितिका गुरुङले बताउनु भएको छ  । कतिपय गाडिले किचेर, भिजेर, खाना नपाएका कुकुरका बच्चालाई आफ्नोमा लिने, खाना दिने भ्याक्सिनको जोहो गर्दा सुरुमा गाह्रो हुने गरेको र अहिले विभिन्न व्यक्तिहरूको सहयोग पाउँदा सहज भएको रितिकाको भनाई रहेको छ   । 

एक/एक गरेर ल्याउँदा पनि लगभग २ सय ९३ पुगेका थिए । ती मध्ये १ सय ७२ पाल्नको लागी लिनेहरूले लिए को, १ सय १० वटा विभिन्न कारणले मरेका र अहिले १५ भन्दा बढीलाई पालिरहेको उहाँले बताउनुभएको छ । 
 
त्यस्तै, कुकुर भनेपछि मान्छेको भन्दा पनि बढी माया लाग्ने रीतिकाकी आमा जानुका गुरुङको भनाई रहेको छ । उहाँले चोटपटक लागेका र खाना नपाएका कुकुरलाई खाना खुवाउने, औषधि गर्ने गरेको बताउनुभएको छ । 

आफूले सक्ने जति सरसफाइ गर्दा पनि बाहिरबाट हेर्ने दृष्टिकोण फरक रहने गरेको भए पनि कुकुरप्रति गर्ने मायामा कमी नआउने  जानुकाको भनाई रहेको छ । जसले कुकुरको बच्चालाई आफ्नो जस्तै माया गछर्न उनीहरूबाट सहयोग पाउँदा खुसी लाग्ने गरेको उहाँको भनाई छ । 

अहिले देश सङ्घीयतामा गइसके पश्चात् सरकार सङ्घीय, प्रदेश तथा स्थानीय संरचनामा रहेता पनि राज्य पक्षबाट भने सो प्रकारको कार्य गर्ने नाराहरू मात्रै सुन्न पाइरहेको बेला जनस्तर बाट व्यक्तिगत र सहयोगको भरमा बजारमा रहेका बेसहारा कुकुरहरूको व्यवस्थापनमा जुट्ने गुरुङ परिवारको सो कार्य सह्रानीय त छ,  नै उदाहरणीय पनि छ ।  

]]>
http://dhangadhikhabar.com/uploads/Streetpubj_20220127202617.jpg एक वर्षमा २ सय ९३ कुकुरहरूको सहारा बन्यो धनगढीको ‘स्ट्रिट पव्ज’ http://dhangadhikhabar.com/news/42695
सेती अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु http://dhangadhikhabar.com/news/42694 Thu, 27 Jan 2022 20:03:23 +0545 http://dhangadhikhabar.com/news/42694 कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी ।  कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिकाका ७५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

यही महिनाको ७ गते चेक गर्दा उनको रिपोट पोजेटिभ आएको थियो । उनी सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थिए ।

उनी क्षयरोग सम्बन्धि विरामी भई उपचारको लागि अस्पताल आएका थिए । कोरोना परीक्षण गर्दा उनमा संक्रमण देखाएको थियो ।

]]>
http://dhangadhikhabar.com/uploads/corona-death-nepal_20200829111346.jpg सेती अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु http://dhangadhikhabar.com/news/42694
सुदूरपश्चिममा थप ५५८ जनामा कोरोना पुष्टि, १३० जना डिस्चार्ज http://dhangadhikhabar.com/news/42693 Thu, 27 Jan 2022 18:01:06 +0545 http://dhangadhikhabar.com/news/42693 बिहीबार सुदूरपश्चिम प्रदेशमा थप ५५८ जनामा कोरोना पुष्टि भएको छ । धनगढी । बिहीबार सुदूरपश्चिम प्रदेशमा थप ५५८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा एक हजार ९१३ नमुना परीक्षण गर्दा थप ५५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार ३०७ नमुना पिसिआर गर्दा १९४ जना र एक हजार ६०६ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ३६४ जनामा संक्रमण देखिएको हो ।

यस्तै २४ घण्टामा १३० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका १०० जनामा संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा २९ जना, गड्डाचौकी नाकामा ६० जना, झुलाघाट नाकामा ९ जना र पुलघाट नाकामा दुई जना गरी १०० जनामा संक्रमण देखिएको हो ।

]]>
http://dhangadhikhabar.com/uploads/Dhncovid_20210825173351.png सुदूरपश्चिममा थप ५५८ जनामा कोरोना पुष्टि, १३० जना डिस्चार्ज http://dhangadhikhabar.com/news/42693
कैलालीको जनसंख्या ९ लाख, ७ हजार ८१६ पुग्यो, कुन पालिकाको जनसंख्या कति ? (सूचीसहित) http://dhangadhikhabar.com/news/42692 Thu, 27 Jan 2022 17:46:59 +0545 http://dhangadhikhabar.com/news/42692 राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार कैलालीको जनसङ्ख्या ९ लाख, ७ हजार ८ सय १६ पुगेको छ । धनगढी । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार कैलालीको जनसङ्ख्या ९ लाख, ७ हजार ८ सय १६ पुगेको छ । 

जनगणना २०६८ अनुसार कैलालीको जनसङ्ख्या ७ लाख, ७० हजार, २ सय ७९ रहेको थियो । यो तथ्याङ्क अनुसार कैलालीमा १० वर्षको अवधिमा १ लाख, ३७ हजार ५ सय ३७ जनसङ्ख्या थपिएको देखिन्छ । 

स्थानीय तह अनुसार धनगढी उप–महानगरपालिकामा सबै भन्दा बढी २ लाख, ४ हजार ७ सय ८८ र सबैभन्दा कम मोहन्याल गाउँपालिकामा २१ हजार, २ सय ८५ जनसङ्ख्या रहेको छ । 

कैलालीमा जनसङ्ख्याको हिसाबमा दोस्रो गोदावरी नगरपालिकामा ९९ हजार ९ सय ७४, तेस्रो लम्कीचुहा नगरपालिकामा ९० हजार, ९ सय ४१ र चौथो टीकापुर नगरपालिकामा ९० हजार ११५ जनसङ्ख्या रहेको छ ।

५० हजार, ४५७ जनसङ्ख्या रहेको कैलालीको कैलारी गाउँपालिका सुदूरपश्चिमकै सबैभन्दा बढी जनसङ्ख्या भएको गाउँपालिका भएको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/dhangadhi-new-photo-lockdown_20200920130206.jpg कैलालीको जनसंख्या ९ लाख, ७ हजार ८१६ पुग्यो, कुन पालिकाको जनसंख्या कति ? (सूचीसहित) http://dhangadhikhabar.com/news/42692
युक्रेन तनाव : सबै पक्षलाई संयमित रहन चीनको आग्रह http://dhangadhikhabar.com/news/42691 Thu, 27 Jan 2022 17:30:37 +0545 http://dhangadhikhabar.com/news/42691 चीनले युक्रेनको जारी संकटमा मुछिएका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ । चीनले युक्रेनको जारी संकटमा मुछिएका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ । बुधबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँगको टेलिफोन कुराकानीमा चिनियाँ विदेशमन्त्री वाङ यीले युक्रेनको जारी संकटमा संलग्न सबै पक्षलाई शान्त एवं संयमित रहन आग्रह गरेका हुन् ।

यीले सबै पक्षलाई बढ्दो तनाव रोक्नसमेत आग्रह गरेको रोइटर्स समाचार माध्यमले जनाएको छ । ‘हामी सबै पक्षलाई शान्त रहन र तनाव निम्त्याउने तथा संकट चर्काउने कुनै पनि गतिविधिबाट टाढै रहन आग्रह गर्छौं’, चिनियाँ विदेश मन्त्रालयले यीलाई उदृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यता ब्लिङ्केनले कुराकानीका क्रममा आफूहरू तनाव कम गर्ने कुरालाई जोड दिएको भन्दै रुसी हस्तक्षेपबाट हुन सक्ने सुरक्षा एवं आर्थिक जोखिमबारे चेतावनी दिएका थिए । कुटनीति नै अघि बढ्ने जिम्मेवार माध्यम भएको पनि उनको भनाइ थियो ।

]]>
http://dhangadhikhabar.com/uploads/ukrn_20220118113929.jpg युक्रेन तनाव : सबै पक्षलाई संयमित रहन चीनको आग्रह http://dhangadhikhabar.com/news/42691
नक्कली मास्क बेचेको आरोपमा चार जना पक्राउ http://dhangadhikhabar.com/news/42690 Thu, 27 Jan 2022 17:05:19 +0545 http://dhangadhikhabar.com/news/42690 नक्कली मास्क बेचेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरले नक्कली मास्क बेचेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भई त्रिपुरेश्वरमा महालक्ष्मी इशान इन्टरप्राइजेज सञ्चालन गर्दै आएका ३४ वर्षीय बुद्धिबहादुर कार्की, भारत राजस्थान घर भई भोटेबहाल बस्ने २० वर्षीय यश अग्रवाल, भोटेबहालमै बस्‍ने २० वर्षीय श्रीयान्स लावटी र सभापोखरी गाउँपालका-१ घर भई सातदोबाटो बस्‍ने २३ वर्षीय मुक्तिप्रसाद पोखरेल रहेका छन्।

प्रहरीले महालक्ष्मी इशान इन्टरप्राइजेजबाट २१ कार्टुन (३०२४ थान मास्क) बरामद, ६५ बट्टा (११७० थान मास्क), वानसेट सप्लायर्सबाट ८ कार्टुन (१९२० थान मास्क) बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/Dublicate-mask_20220127170516.jpg नक्कली मास्क बेचेको आरोपमा चार जना पक्राउ http://dhangadhikhabar.com/news/42690
नेपालमा थपिए ८ हजार १७ कोरोना संक्रमित, १५ जनाको मृत्यु http://dhangadhikhabar.com/news/42689 Thu, 27 Jan 2022 16:40:48 +0545 http://dhangadhikhabar.com/news/42689 पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यसबारे जानकारी दिँदै मृतकको संख्या १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको जनाएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार २१९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको नमुना परीक्षण भएको थियो । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ३९ हजार २६७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २२ हजार ८३८ जना पुगेको छ । संक्रमितमध्ये ८ लाख ३७ हजार ४ जना निको भएका छन् । 

बुधबारको तथ्यांकसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ९० हजार ५७६ जना पुगेको छ । 

]]>
http://dhangadhikhabar.com/uploads/DHNGCorona_Covid_19_Update_20200629122456.png नेपालमा थपिए ८ हजार १७ कोरोना संक्रमित, १५ जनाको मृत्यु http://dhangadhikhabar.com/news/42689
नेप्से उकालोमा, कतिको भयो कारोबार http://dhangadhikhabar.com/news/42688 Thu, 27 Jan 2022 16:39:23 +0545 http://dhangadhikhabar.com/news/42688 चार दिन लगातार घटेको सेयर बिहीबार बढेको छ। आज नेप्से परिसूचक ३.३३ अंकले बढेर २७७९.९८ विन्दुमा पुगेको छ। चार दिन लगातार घटेको सेयर बिहीबार बढेको छ। आज नेप्से परिसूचक ३.३३ अंकले बढेर २७७९.९८ विन्दुमा पुगेको छ।

दिनभरमा २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ सेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँ ३ पैसाको कारोबार भएको छ। 

कारोबार भएका कुल कम्पनीमध्ये ९० कम्पनीहरूको मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, बाँकी १५ कम्पनीको मूल्य स्थिर छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ७ कम्पनीहरूको उपसूचक सकारात्मक देखिएका छन्। बाँकी ६ उपसमूहको सूचक नकारात्मक देखिएको छ। 

बिहीबार विन नेपाल लगु वित्तीय संस्था र बृद्ध भूमी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशत बढेको छ। त्यस्तै, सिइडिबी हाइड्रोपावर कम्पनीको सेयर ८.७२ प्रतिशतले बढेको छ।  

नेपाल स्टक एक्सचेन्जकाअनुसार बिहिबार नेसनल लाइफ  इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको २० करोड २ लाख ६९७ रुपैयाँको कारोबार भएको हो।

यसपछि, एनटिसीको ११ करोड ४७ लाख २३ हजार ७३० रुपैयाँ, अपि पावरको ११ करोड १७ लाख ८१ हजार ९४८ रुपैयाँ ४० पैसा, शिखर इन्स्योरेन्स १० करोड ९९ लाख ३४ हजार २७१ रुपैयाँ ४० पैसा र आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ९ करोड २५ लाख ९४ हजार ७३५ रुपैयाँ ३० पैसाको कारोबार भएको छ।

]]>
http://dhangadhikhabar.com/uploads/nepse_20210617181605.jpg नेप्से उकालोमा, कतिको भयो कारोबार http://dhangadhikhabar.com/news/42688
दिल्लीमा हटाउन थालियो कोरोना रोक्न लगाइएका प्रतिबन्ध http://dhangadhikhabar.com/news/42687 Thu, 27 Jan 2022 16:22:37 +0545 http://dhangadhikhabar.com/news/42687 भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको संक्रमण कम हुँदै गएपछि प्रतिबन्धहरू हटाइएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको संक्रमण कम हुँदै गएपछि प्रतिबन्धहरू हटाइएका छन् । बिहीबार दिल्ली विपद् व्यवस्थापन निकाय (डिडिएमए) ले सप्ताहन्त कर्फ्यु हटाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

रात्रिकालीन कर्फ्यू भने जारी छ । यस्तै पसलहरू खोल्न लागु गरिएको जोर-बिजोर प्रणाली पनि हटाएको छ। दिल्लीका गभर्नर अनिल बैजलको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९को अवस्थाबारे समीक्षा गरेको थियो।

कोरोना अझै बढ्दै गए कडाइ गर्नेबारे पनि छलफल भएको थियो। बैठकमा मुख्यमन्त्री अरविन्द केजरीवाल पनि उपस्थित थिए । बैठकको निर्णय आदेश सार्वजनिक भएपछि कार्यान्वयनमा आउनेछ।

]]>
http://dhangadhikhabar.com/uploads/6re8_india-gate-masks_20201119172436.jpg दिल्लीमा हटाउन थालियो कोरोना रोक्न लगाइएका प्रतिबन्ध http://dhangadhikhabar.com/news/42687
सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात, जनजीवन कष्टकर http://dhangadhikhabar.com/news/42686 Thu, 27 Jan 2022 16:01:08 +0545 http://dhangadhikhabar.com/news/42686 दार्चुलाको हिमाली क्षेत्रमा गत बिहीबारदेखि भारी हिमपात भएको छ। बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ। दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा गत बिहीबारदेखि भारी हिमपात भएको छ। बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ। गाउँसम्मै बाक्लो हिमपात भएपछि चारैतिर सेताम्य भएको अपी हिमालका स्थानीय पोखरसिंह रोकायले जानकारी दिए । 

चिसोले घर बाहिर निस्कन सक्ने अवस्था छैन, उनले भने, एक सातायता बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म सबै आगोको सहारामा दैनिकी बिताइरहेका छौँ।’ हिमपात रोकिएर घाम लागेपछि दैनिकी सहज बनेको छ।

मात्रै जनजीवन सहज बन्दै जाने स्थानीयले बताएका छन् । धेरै दिनदेखि पारिलो घाम नपरेका कारण चिसो ह्वात्तै बढेको छ। दार्चुलाको अपी हिमाल र व्यास गाउँपालिकामा गत बिहीबारदेखि नै भारी हिमपात भएको स्थानीयले बताएका छन् ।

मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका लगायत स्थानीय तहमा समेत उच्च लेकाली भेगमा भारी हिमपात भएको नौगाडका स्थानीय रमेश धामीले बताए । 

हिमपातका कारण मानिसको दैनिकी प्रभावित भएको छ। वर्षा र हिमपातपछि किसान खुसी भएका छन्। यो वर्ष पटकपटक वर्षा र हिमपात भएको कारण हिउँदे खेतीका लागि राम्रो भएको कृषक प्रमेश धामीको भनाई छ ।

घाम नपरेको कारण ग्रामीण क्षेत्रको सञ्चार सेवा अवरुद्ध भएको छ। दार्चुलामा सञ्चालित अधिकांश टेलिकमका टावर सौर्य ऊर्जाबाट सञ्चालित भएकोले घाम नपर्दा सेवा प्रभावित भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण गुरुङले जानकारी दिए । यस्तै सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा पनि हिमपातले जनजीवन अस्तव्यस्त बनाएको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/sudurpahad-himpat_20220127160048.jpg सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात, जनजीवन कष्टकर http://dhangadhikhabar.com/news/42686
हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवविरुद्ध प्रहरीमा जाहेरी http://dhangadhikhabar.com/news/42685 Thu, 27 Jan 2022 15:45:12 +0545 http://dhangadhikhabar.com/news/42685 सार्वजनिक कार्यक्रममा ज्यान मार्ने धम्की दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीले जाहेरी परेको छ । सार्वजनिक कार्यक्रममा ज्यान मार्ने धम्की दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीले जाहेरी परेको छ ।

पूर्व सांसद समेत रहेका नेपाली कांग्रेसका नेता रञ्जित कर्णले जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी दिएका हुन् । नेता कर्णले मन्त्री यादवले साम्प्रदायिक द्धन्द्ध फैलाउने अभिव्यक्ति दिएको भन्दै उनीमाथि राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न माग गरेका छन् ।

गत माघ ५ गते मन्त्री यादवले रौतहटमा बलिदानी दिवसमा आयोजित कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की समेत दिएकी थिइन् ।

उनको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि उनले विज्ञप्ति जारी गर्दै त्यसबारे खण्डन समेत गरिसकेकी छिन् ।

]]>
http://dhangadhikhabar.com/uploads/renu_yadav_20220121145023.jfif हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवविरुद्ध प्रहरीमा जाहेरी http://dhangadhikhabar.com/news/42685
सेती प्रयोगशालामा थप १४६ जनामा कोरोना संक्रमण http://dhangadhikhabar.com/news/42684 Thu, 27 Jan 2022 15:35:46 +0545 http://dhangadhikhabar.com/news/42684 धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १४६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १४६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३५ नमुना परीक्षण गर्दा थप १४६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ६ जना कोरोना संक्रमित अस्पतालबाट निको भई डिस्चार्ज भएका छन् । भने ४ जना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा २० जना संक्रमित विरामीको उपचार भइरहेको छ ।

ती मध्ये चार जनाको आइसियु र एकजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए । यस्तै २४ घण्टामा कैलालीको गोदावरी नगरपालिका ५ का ६२ बर्षीय पुरुषको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

]]>
http://dhangadhikhabar.com/uploads/pcr-test-dhn_20200628165212_20201205144513.jpg सेती प्रयोगशालामा थप १४६ जनामा कोरोना संक्रमण http://dhangadhikhabar.com/news/42684
जाडो मौसममा हिटरको अत्यधिक प्रयोगले छालाको एलर्जी र आँखामा क्षति पुर्‍याउन सक्ने http://dhangadhikhabar.com/news/42683 Thu, 27 Jan 2022 15:17:15 +0545 http://dhangadhikhabar.com/news/42683 जाडो मौसममा शरीरलाई न्यानो राख्न गरिने विभिन्न उपायहरू मध्ये हिटर पनि एक हो । जाडो मौसममा शरीरलाई न्यानो राख्न गरिने विभिन्न उपायहरू मध्ये हिटर पनि एक हो ।

तर हिटरको अत्यधिक प्रयोगले तपाईंको लागि गम्भीर समस्या निम्त्याउन सक्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार हिटर र ब्लोअरको तातो हावाको प्रत्यक्ष सम्पर्कले छालाको एलर्जी हुने र आँखामा क्षति पुर्‍याउन सक्छ । 

कतिपय अवस्थामा यस्ता समस्या तत्काल नदेखिए पनि दीर्घकालिन रुपमा यो हावाले तपाईँको आँखा र छालामा  गम्भीर समस्या निम्त्याउन सक्छ।

]]>
http://dhangadhikhabar.com/uploads/hitar1_20211210132007.jpg जाडो मौसममा हिटरको अत्यधिक प्रयोगले छालाको एलर्जी र आँखामा क्षति पुर्‍याउन सक्ने http://dhangadhikhabar.com/news/42683
भारतमा दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि http://dhangadhikhabar.com/news/42682 Thu, 27 Jan 2022 14:50:00 +0545 http://dhangadhikhabar.com/news/42682 भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसै समयमा भारतमा कोरोना संक्रमणबाट ५७३ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म ४ लाख ९१ हजार ७०० व्यक्तिको मृत्यु भएको छ । भारतमा अहिले सक्रिय सङ््क्रमितहरुको सङ्ख्या २२ लाख २ हजार ४७२ रहेको छ ।

कुल सङ्क्रमितहरु मध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन। ती मध्ये तीन लाख ६ हजार ३५७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएदेखि हालसम्म सङ्क्रमण मुक्त हुनेको संख्या तीन करोड ७६ लाख ७७ हजार ३२८ पुगेको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/covid-india-test2021-05-31-07-06-24_20210531093655.jpeg भारतमा दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि http://dhangadhikhabar.com/news/42682
धुर्मुस–सुन्तली पछाडी हटेपछि क्रिकेट मैदान बनाउन भरतपुर महानगरको गृहकार्य http://dhangadhikhabar.com/news/42681 Thu, 27 Jan 2022 14:49:40 +0545 http://dhangadhikhabar.com/news/42681 चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरपालिकाले गृहकार्य थालेको छ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरपालिकाले गृहकार्य थालेको छ ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फाउन्डेसनले ३ वर्षअघि शुरू गरेको रंगशाला निर्माणको काम अहिले अलपत्र छ ।

आर्थिक संकटका कारण धुर्मुस–सुन्ततीले रंगशाला निर्माणको कामबाट हात झिकेपछि भरतपुर महानगरले सक्रियता लिएको छ । रंगशालाको काम अगाडि बढाउने विषयमा भरतपुर महानगरकी मेयर रेणु दाहालले बिहीवार सर्वपक्षीय अन्तर्क्रिया राखेकी छन् । 

सरकारले आर्थिक सहयोग गरेमा महानगरपालिका आफैंले रंगशाला निर्माणको काम गर्ने तयारी गरेको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/GautamBuddhaRangasala_20201206094516.jpg धुर्मुस–सुन्तली पछाडी हटेपछि क्रिकेट मैदान बनाउन भरतपुर महानगरको गृहकार्य http://dhangadhikhabar.com/news/42681
बन्द कोठाभित्र एक दम्पती मृत अवस्थामा फेला http://dhangadhikhabar.com/news/42680 Thu, 27 Jan 2022 14:41:59 +0545 http://dhangadhikhabar.com/news/42680 एक दम्पती बन्द कोठमाभित्र मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ३ बोजेनीमा एक दम्पती बन्द कोठमाभित्र मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा फेला पर्नेहरुमा ५२ वर्षीया पदम बहादुर थिङ र उनको श्रीमती ४५ वर्षीयाफुल कुमारी थिङ रहेका छन् ।

बुधबार राति खाना खाएर सुतेका उनीहरुले बिहान ढोका नखोलेपछि उनका छोरा सूर्य बहादुर थिङले ढोका फुटाएर हेरेका थिए । सो क्रममा बाबुआमा नै मृत अवस्थामा देखेपछि उनले महानगरीय प्रहरी वृत्त बौद्धमा खबर गरेका थिए ।

बौद्धबाट पुगेको प्रहरी टोलीले लास जाँच गरेको प्रहरीले जनाएको छ । साथै मुचुल्का उठाएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/death1_yNjxQ9BXI1_20211222074837.jpg बन्द कोठाभित्र एक दम्पती मृत अवस्थामा फेला http://dhangadhikhabar.com/news/42680
भिजिट भिसाले निम्त्याएको समस्याबारे अध्ययन गरी कार्य योजना बनाउन समिति गठन http://dhangadhikhabar.com/news/42678 Thu, 27 Jan 2022 14:25:04 +0545 http://dhangadhikhabar.com/news/42678 सरकारले भिजिट भिसा र त्यसबाट उत्पन्न समस्याबारे अध्ययन गरी ठोस योजना बनाउन समिति बनाएको छ । सरकारले भिजिट भिसा र त्यसबाट उत्पन्न समस्याबारे अध्ययन गरी ठोस योजना बनाउन समिति बनाएको छ ।

नेपाली श्रमिकले यूएई लगायतको खाडीको देशमा कामका लागि भिजिट भिसामार्फत गएर  समस्या भोगिरहेको सन्दर्भमा बुधबार गृह मन्त्रालयले गृह प्रवक्ता तथा सहसचिव फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रहरी, अध्यागमन विभाग तथा वैदेशिक रोजगार बोर्डका प्रतिनिधि रहेका छन् ।

समितिले भिजिट भिसा उपलब्ध गराउने मापदण्ड बनाउन, विमानस्थलमा आवागमन सहजीकरण, अध्यागमन प्रणाली सुधार, अन्तर्राष्ट्रिय उडान तालिका, श्रमिकहरुले विदेशमा रहदा भोगेका समस्या समाधान गर्ने लगायतका विषयमा सुझाव सहितको प्रतिवेदन पेस गर्नेछ । 

त्यसका लागि १५ दिनको समय तोकिएको छ । समितिको सचिवालय वैदेशिक रोजगार बोर्डमा रहनेछ । 

श्रम गन्तव्य देशहरूमा समस्यामा परेका श्रमिकहरू, भिजिट भिसामा गई अलपत्र पर्ने लगायतका विषयमा बुधबार गृह मन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बैठक बसेको थियो । 

]]>
http://dhangadhikhabar.com/uploads/ministry-of-home-affairs_20220110180138.jpg भिजिट भिसाले निम्त्याएको समस्याबारे अध्ययन गरी कार्य योजना बनाउन समिति गठन http://dhangadhikhabar.com/news/42678
राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने http://dhangadhikhabar.com/news/42677 Thu, 27 Jan 2022 14:19:20 +0545 http://dhangadhikhabar.com/news/42677 राष्ट्रिय सभाको बैठक आगामी सोमबार १७ गते बस्ने भएको छ । राष्ट्रिय सभाको बैठक आगामी सोमबार १७ गते बस्ने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले माघ १७ गते सोमबार दिउँसो १ बजे बैठक बस्ने गरी निर्धारण गरेका संघीय संसद्‌का महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । 

यसअघि माघ ३ गते सोमबार बस्ने गरी निर्धारण भएको राष्ट्रिय सभाको बैठक अघिल्लो दिन सूचना जारी गरी स्थगित गरिएको थियो। 

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण पछिल्लो समय संघीय संसद्‌का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक बस्न सकेको छैन।

]]>
http://dhangadhikhabar.com/uploads/rastiya-savaa_20210101163649.jpg राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने http://dhangadhikhabar.com/news/42677
निडर बन्दै कैलाली ट्राफिक ! धनगढीमा गाउँपालिकाको गाडीमा लगाइयो 'ह्विल लक' http://dhangadhikhabar.com/news/42676 Thu, 27 Jan 2022 13:55:39 +0545 http://dhangadhikhabar.com/news/42676 धनगढीमा ट्राफिक प्रहरीले एक गाउँपालिकाको गाडीमा ह्विल लक गरेको छ । धनगढी । धनगढीमा ट्राफिक प्रहरीले एक गाउँपालिकाको गाडीमा 'ह्विल लक' गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको टोलीले बैतडीको सुर्नया गाउँपालिकाको से१झ २८७ गाडीमा 'ह्विल लक' गर्दै कारवाही गरेको हो ।

धनगढी ट्राफिक चौराहाको सडकमा अव्यवस्थित रुपमा पार्किङ गरी राखिको गाउँपालिकाको गाडीमा ट्राफिक प्रहरी 'ह्विल लक' लगाएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार सडकमा अव्यवस्थित रुपमा पार्किङ गरेको गाडीलाई कारवाही गरिएको हो ।

उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । पछिल्लो समय ट्राफिक प्रहरीले सडकमा पार्किङ गर्ने सवारीसाधनमा ह्विल लक लगाउने गरेको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/wheel-lock_20220127135532.jpg निडर बन्दै कैलाली ट्राफिक ! धनगढीमा गाउँपालिकाको गाडीमा लगाइयो 'ह्विल लक' http://dhangadhikhabar.com/news/42676
विषाक्त रक्सी सेवनबाट ५ जनाको मृत्यु, चारको अवस्था गम्भीर http://dhangadhikhabar.com/news/42675 Thu, 27 Jan 2022 13:28:49 +0545 http://dhangadhikhabar.com/news/42675 विषाक्त रक्सी सेवनबाट पाँच जनाको मृत्यु भएको छ भने अन्य चार जनाको अवस्था गम्भीर रहेको छ। भारत बिहारस्थित बक्सर जिल्लामा विषाक्त रक्सी सेवनबाट पाँच जनाको मृत्यु भएको छ भने अन्य चार जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ। 

बक्सर जिल्लाको डुमराव विधानसभा अन्तर्गत पर्ने अन्सारी नाम गाउँमा यो घटना भएको हो। बक्सरका प्रहरी अधिकारी नीरज कुमार सिंहले सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा प्रशासनले घटना बारे जाँच गरिरहेको बताए। 

डुमरांवका भाकपा (माले) विधायकले मृतकका परिवारलाई राहत दिन माग गरेका छन्। गत गर्ष पनि बिहारमा गोपालगंज, बेतिया र सिवानमा ५० भन्दा धेरैको विषाक्त रक्सी सेवनबाट मृत्यु भएको छ।

बिहारमा रक्सीमाथि प्रतिबन्धन भए मानिसहरुले घरेलु मदिरा उत्पादन र सेवन गरिरहेका छन्।

]]>
http://dhangadhikhabar.com/uploads/death-dead_20211121105410.jpg विषाक्त रक्सी सेवनबाट ५ जनाको मृत्यु, चारको अवस्था गम्भीर http://dhangadhikhabar.com/news/42675
कञ्चनपुरका सिमसार क्षेत्र मासिएपछि सारस घट्दै http://dhangadhikhabar.com/news/42674 Thu, 27 Jan 2022 13:20:52 +0545 http://dhangadhikhabar.com/news/42674 सिमसार क्षेत्रमा पाइने सारस चराको सङ्ख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ। कञ्चनपुर । सिमसार क्षेत्रमा पाइने सारस चराको सङ्ख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ। सिमसार क्षेत्र घटदै गएपछि यो चरा घट्न थालेको हो। एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस सालैपिच्छे घटनुमा बासस्थान विनाश मुख्य कारण हो।

“सिमसार मासेर स्थानीयले खेती गर्न थालेपछि सारस घटन थालेको छ”, नेपाल पक्षी संरक्षण सङ्घका चरा विज्ञ हिरुलाल डगौराले भने, “सिमसार घट्न थालेपछि आहारको कमी भएको छ। सिकार गर्ने र कृषिमा विषादीको अन्धाधुन्ध प्रयोगले यो चरालाई  समस्या भएको छ।” यसको आहारा माछा, भ्यागुता, सर्प र अन्य कीराको कमीसँगै सारस विगतको तुलनामा आधा घटेको उहाँको भनाइ  छ।

भर्खरै सकिएको जलपक्षी गणनामा बेलडाँडी गाउँपालिकाको चवन्नीमा दुई र सोही गाउँपालिकाको अर्को सिमसार क्षेत्रमा आठ सारस देखा परेका छन्। स्थानीयका अनुसार पहिला सारस एकै ठाउँमा १५ देखि २० को सङ्ख्यामा देखिन्थे। 

अण्डा र मासुलाई यसको सिकार हुन्छ। दुई वर्ष पहिले बेलडाँडी क्षेत्रमै संरक्षणकर्मीले एउटा मरेको र अर्को घाइते फेला पारे। वर्षातमा सारस स्थानीय किसानका खेतबारीमा आउँदा सिकार बढी हुन्छ। सारस घटेकाले यसलाई जोगाउन सिमसार क्षेत्र जोगाउन र यसलाई मार्नु हुदैन संरक्षण गर्नुपर्छ भन्ने जागरण पैदा गर्न सचेतनामूलक कार्यक्रम आवश्यक भएको सरोकारवालाको भनाइ छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ ले सारसलाई संरक्षित पंक्षीको सूचीमा राखेको छ। साइटिसले अनुसूची २ र आइयुसीएनले रातो किताबमा संवेदनशील सूचीमा राखेको छ। यसको सेतो टाउको, रातो घाँटी र खैरो शरीर हुन्छ। सारसको उचाइ छ फिटसम्म र तौल पाँच किलो बढी हुन्छ। यसको वैज्ञानिक नाम ‘ग्रस एन्टिगनु’ हो। उडनेमध्येमा यो अग्लो चरा मानिन्छ। 

सारसले किसानले धानबाली लगाइसकेपछि अर्थात जुन, जुलाई महिनामा ओथारो बस्ने ९बच्चा कोर्लने० गर्दछ। सिमसार क्षेत्रको सुरक्षित स्थानमा बच्चा जन्माउने र हुर्काउने गर्दछ । सारसलाई सामाजिक प्राणीका रुपमा समेत लिइने गरिन्छ। जोडीका रुपमा यो चरा रहन्छ।

प्रजनन अवधिमा यसले दुई वटा मात्रै अण्डा पार्ने गरेको चरा विज्ञ डगौराले बताए। चल्ला पाँचदेखि छ महिनासम्म माउसँगै बस्छन्। त्यसपछि अन्य सारससँगै झुण्डमा आजीवन जोडी बनाइ बस्छन। रुपन्देही, कपिलबस्तु, बाँके, दाङ, चितवन र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालीकिच ताल र निकुञ्जकै मध्यवर्ती क्षेत्र बेलडाँडीमा यो चरा पाइन्छ।
 
कञ्चनपुरमा सारसको सङ्ख्या १० देखि १५ सम्म रहेको अनुमान छ। चरा विज्ञका अनुसार नेपालमा यो चरा सात देखि आठ सय रहेको अनुमान छ। नेपालसँगै सारस अस्ट्रेलिया, क्यााम्बोडिया, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान र भियतनाममा पाइन्छ। विश्वमा १५ र नेपालमा चार प्रजातिका सारस पाइन्छ। जसमा करयाङकुरुङ, लक्ष्मण, कालीकण्ठ र सारस नामकै सारस पाइने गरेको छ।

दुई दशकपछि यसवर्ष कैलालीमा लक्ष्मण सारस देखा परेको छ। जसलाई खोया हाँससमेत भनिन्छ। लक्ष्मण सारस मङ्गोलिया र चीन क्षेत्रबाट हिउँदाका बेला बसाइँ सारेर यहाँ आइपुग्छ। कालोकण्ठे सारस कहिलेकाहीँ मात्रै देखा पर्छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सारसलगायतका दुर्लभ पक्षी मार्नेलाई १५ देखि ३० हजार जरिवाना वा तीन महिनादेखि नौ महिना कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ। 

]]>
http://dhangadhikhabar.com/uploads/saras1_20220127132048.jpg कञ्चनपुरका सिमसार क्षेत्र मासिएपछि सारस घट्दै http://dhangadhikhabar.com/news/42674
माओवादीका महासचिव दाबेदारबीच भेटवार्ता http://dhangadhikhabar.com/news/42673 Thu, 27 Jan 2022 12:07:42 +0545 http://dhangadhikhabar.com/news/42673 नेकपा माओवादीका नेतात्रय वर्षमान पुन, देव गुरुङ र जनार्दन शर्मा तीनैजना महासचिवका दाबेदार हुन् । नेकपा माओवादीका नेतात्रय वर्षमान पुन, देव गुरुङ र जनार्दन शर्मा तीनैजना महासचिवका दाबेदार हुन् । वर्षमान र जनार्दनबीच प्रतिस्पर्धा बढ्दै गएमा प्रचण्डले देव गुरुङलाई महासचिव बनाउन सक्ने चर्चा छ । यिनै महासचिवका दाबेदारहरुबीच बुधबार साँझ खुमलटारमा भेटवार्ता भएको छ ।

चीनबाट उपचार गराएर फर्किएका वर्षमान पुनको स्वास्थ्य स्थिति बुझ्न भन्दै देव गुरुङ पत्नी यशोदा सुवेदीसहित  खुमलटारस्थित पुनको निवासमा पुगेका थिए । गुरुङले केही बेर पुनसँग पार्टीको आन्तरिक स्थितिका बारेमा छलफल गरेको पुनको सचिवालयले जानकारी दिएको छ ।

पुनलाई भेटेर गुरुङ दम्पति बाहिरिनासाथ अर्थमन्त्री जनार्दन शर्मा पुष्पगुच्छा लिएर पुनलाई भेट्न पुगेका थिए ।उनीहरु दुबैले महासचिवको दाबीका विषयमा समेत कुराकानी गरेको स्रोतले बतायो । केहीबेरको कुराकानीपछि शर्मा पुनको स्वास्थ्यलाभको कामना गरेर बाहिरिएका थिए ।


त्यसैगरी अर्का नेता हितमान शाक्यले पनि पुनसँग भेटवार्ता गरेका छन् । जण्डिसको उपचारपछि आराम गरिरहेका पुनलाई माओवादीका नेताहरुले निवासमा गएर भेट्ने, स्वास्थ्यलाभको कामना गर्ने र महासचिवको दाबीका विषयमा समेत कुराकानी गर्ने क्रम बढेको छ ।

पुन चीनबाट फर्कंदा पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने उनलाई त्रिभुवन विमानस्थलमै गएर भेट गरेका थिए ।माओवादीको महाधिवेशनले केन्द्रीय कमिटी र अध्यक्ष चयन गरे पनि महासचिव लगायतका पदाधिकारी चयन गर्न सकेको छैन ।

वर्षमान पुन र जनार्दन शर्माले आफूलाई सहमतिमै महासचिव बनाउनेपर्ने, नभए प्रतिस्पर्धामै उत्रने बताउँदै आएका छन् । उता गुरुङले चाहिँ आफूलाई सहमतिको महासचिव बन्न अध्यक्षले प्रस्ताव गरेको दाबी गर्दै आएका छन् ।

माओवादी केन्द्रले महासचिव छान्नका लागि माघ २७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/vetbarta_20220127120137.jpg माओवादीका महासचिव दाबेदारबीच भेटवार्ता http://dhangadhikhabar.com/news/42673
स्वर्गीय स्वारको जन्म जयन्तीमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न तथा कपडा सहयोग http://dhangadhikhabar.com/news/42672 Thu, 27 Jan 2022 12:00:53 +0545 http://dhangadhikhabar.com/news/42672 स्वर्गीय दिपु स्वार जन्म जयन्तीको अवसरमा दृष्टि फाउन्डेसनमा खाद्यान्न तथा लुगा कपडा सहयोग गरिएको छ । धनगढी । स्वर्गीय दिपु स्वार जन्म जयन्तीको अवसरमा दृष्टि फाउन्डेसनमा खाद्यान्न तथा लुगा कपडा सहयोग गरिएको छ । स्वर्गीय दिपु स्वारको जन्म जयन्तीको अवसरमा दिपु सोसाइटी धनगढीको तर्फबाट दृष्टि फाउन्डेसनमा खाद्यान्न तथा लुगा कपडा सहयोग गरिएको हो ।

बुधवार एक कार्यक्रमका बिच बासु बमले दृष्टि फाउन्डेसनका कर्मचारीलाई खाद्यान्न तथा लुगा कपडा वितरण गरेका हुन् । उनका अनुसार खाद्यान्नमा नुन ५ केजी, च्युउरा ५ केजी , दाल ५ केजी, बिस्कुट १ कार्टुन, तेल १ कार्टुन र निरमा १० केजी हस्तान्तरण गरिएको हो ।

यस्तै लुगा कपडामा सुइटर ५ पिस ज्याकेट ५ पिस, धोती ७ पिस, ब्याउज ११ पिस, सुट जोडी १३ पिस, कुर्थी ९ पिस, म्याक्सी पिस, गामन ३ पिस, सल ३ पिस, टोपी ४ पिस, आउटर १ पिस, सुखाल ६ पिस लगायतको सामान वितरण तथा सहयोग गरिएको बताइएको छ । 

No description available.No description available.No description available.

]]>
http://dhangadhikhabar.com/uploads/sahayog1_20220127120010.jpg स्वर्गीय स्वारको जन्म जयन्तीमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न तथा कपडा सहयोग http://dhangadhikhabar.com/news/42672
गोलाप्रथाबाट एमाले उम्मेदवारलाई हराउँदै राष्ट्रिय सभा सदस्य चुनिए कांग्रेसका बस्नेत http://dhangadhikhabar.com/news/42671 Thu, 27 Jan 2022 11:41:48 +0545 http://dhangadhikhabar.com/news/42671 प्रदेश १ मा सत्तारूढ गठबन्धनका उम्मदवार गोलाप्रथाबाट राष्ट्रिय सभामा निर्वाचित भएका छन्। प्रदेश १ मा सत्तारूढ गठबन्धनका उम्मदवार गोलाप्रथाबाट राष्ट्रिय सभामा निर्वाचित भएका छन्।
बराबर मत आएपछि कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच गोलाप्रथा भएको थियो।

यसअघि बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए।बराबर मत आएपछि निर्वाचन अधिकृतले गोलाप्रथाबाट विजयी टुंग्याउने निर्णय गरेका थिए।
झापाका पुराना काँग्रेस नेता गोपालकुमार बस्नेत चुनावी राजनीतिमा अभागी नेतामा दरिँदै आएका थिए। त्यो अभागी विगतलाई बिसाउँदै बस्नेतले गोलामार्फत संसद यात्रा तय गरेका छन्। 

२०५१ को मध्यावधि निर्वाचनमा झापा ३ मा एमालेका देवीप्रसाद ओझासँग पराजित उनी त्यसपछि काँग्रेसको झापा सभापतिमा उठेका थिए। सुधिर शिवाकोटीसँग त्यो आन्तरिक चुनाव पनि हारेपछि बस्नेत चुनावी राजनीतिको अभ्यासबाट टाढा थिए। २०७४ को आमनिर्वाचन लगत्तै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बस्नेतलाई राष्ट्रियसभामा मनोनित गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको निर्णय सदर नगर्दा बस्नेतको सिंहदरबार यात्रा रोकियो। काँग्रेसमा देउवा निकट बस्नेतले यसपटक राष्ट्रियसभामा सहजै जित्ने गणित थियो। तर, उनी एमाले उम्मेद्वार गुरु बरालसँग बराबरी मत ल्याउँदै गोलाको सहारा लिन बाध्य भए।

]]>
http://dhangadhikhabar.com/uploads/gopalbasnet_20220127113919.jpg गोलाप्रथाबाट एमाले उम्मेदवारलाई हराउँदै राष्ट्रिय सभा सदस्य चुनिए कांग्रेसका बस्नेत http://dhangadhikhabar.com/news/42671
गठबन्धनको अन्तिम उत्सव सकियो, अब रियल चुनाव हुन्छ : विष्णु रिमाल http://dhangadhikhabar.com/news/42670 Thu, 27 Jan 2022 11:25:29 +0545 http://dhangadhikhabar.com/news/42670 प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्ता बाँकी सत्ता गठबन्धनले हात पारेको थियो ।

रिमालले बिहीबार सामाजिक सञ्जालमा भनेका छन्, ‘अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।’

उनले अहिलेको राष्ट्रियसभा निर्वाचन पुरानो जनमत रहेको उल्लेख गर्दै आगामी स्थानीय प्रदेश र संघीय निर्वाचन नै ‘रियल’ हुने बताएका छन् ।

‘अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिंगो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन् । संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन्,’ उनले भनेका छन् ।

]]>
http://dhangadhikhabar.com/uploads/bisnu-rimal_20201003165547.jpg गठबन्धनको अन्तिम उत्सव सकियो, अब रियल चुनाव हुन्छ : विष्णु रिमाल http://dhangadhikhabar.com/news/42670
कानुनमन्त्री बडुलाई कोरोना संक्रमण पुष्टि http://dhangadhikhabar.com/news/42669 Thu, 27 Jan 2022 11:19:23 +0545 http://dhangadhikhabar.com/news/42669 कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोभिड-१९को संक्रमण पुष्टि भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोभिड-१९को संक्रमण पुष्टि भएको छ ।

पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री बडुको सचिवालयले जानकारी दिएको छ । उनले बुधबार पिसिआर परीक्षण गरेका थिए ।

संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् । यसअघि पर्यटनमन्त्री प्रेम आलेलाई पनि कोभिड-१९ संक्रमण भएको थियो । उनी संक्रमणमुक्त भइसकेका छन् । 

]]>
http://dhangadhikhabar.com/uploads/dilendra-prasad-badu_20220127111918.jpg कानुनमन्त्री बडुलाई कोरोना संक्रमण पुष्टि http://dhangadhikhabar.com/news/42669
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? http://dhangadhikhabar.com/news/42668 Thu, 27 Jan 2022 11:11:34 +0545 http://dhangadhikhabar.com/news/42668 नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन तोलामा ९०० रुपैयाँले घटेको हो । 

बुधबार तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १२९० रुपैयाँमा कारोबार भएको हो । 

]]>
http://dhangadhikhabar.com/uploads/gold-sun_20201130112141.jpg घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? http://dhangadhikhabar.com/news/42668
बैतडी बस दुर्घटना : ८ जना घाइतेको पहिचान खुल्यो (नामसहित) http://dhangadhikhabar.com/news/42667 Thu, 27 Jan 2022 10:21:35 +0545 http://dhangadhikhabar.com/news/42667 बैतडीमा बिहीबार बिहानै ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ। बैतडी । बैतडीमा बिहीबार बिहानै ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ। पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत ना७ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटना भएको हो।

दुर्घटनामा ८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले जानकारी दिए।

उनका अनुसार मेलौली–६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाकी शुशिला चन्द, शिवनाथकै जनक औजी, रामसिंह साउँद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीकी पुजा भट्ट र बारा घर भएका सिराज अन्सारी घाइते भएका हुन्।

उपचारका लागि उनीहरूलाई डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ। महेन्द्रनगरबाट मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको उक्त बस सडकबाट २० मिटर तल खसेको छ। बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

]]>
http://dhangadhikhabar.com/uploads/bus-accident2021_20210519110404.jpg बैतडी बस दुर्घटना : ८ जना घाइतेको पहिचान खुल्यो (नामसहित) http://dhangadhikhabar.com/news/42667
कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु http://dhangadhikhabar.com/news/42666 Thu, 27 Jan 2022 09:24:31 +0545 http://dhangadhikhabar.com/news/42666 कैलालीमा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ।
कैलालीमा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ।

गोदावरी न.पा.५ बस्ने ६२ वर्षिय पुरुषमा माघ ११ गते कोरोना संक्रमण देखिएपछि सेती प्रादेशिक अस्पतालमा ICU राखि उपचार भई रहेको थियो ।

उनको  उपचारको क्रममा यहि माघ १३ मृत्यु भएको जिल्ला प्रशास कार्यालय कैलालीले जनाएको छ ।  

]]>
http://dhangadhikhabar.com/uploads/death1_yNjxQ9BXI1_20211222074837.jpg कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु http://dhangadhikhabar.com/news/42666
भतिजीको हत्याको आरोपमा एक जना पक्राउ http://dhangadhikhabar.com/news/42665 Thu, 27 Jan 2022 09:07:07 +0545 http://dhangadhikhabar.com/news/42665 आफ्नै भतिजीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । स्याङजामा आफ्नै भतिजीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको चापाकोट नगरपालिका(७ पिपलछापका ३८ वर्षीय वासुदेव ढकाल रहेका छन् । 

प्रहरीका अनुसार ढकालले २७ महिनाकी भतिजी सुविनालाई जमिनमा पछारेका थिए । जमिनमा पछारिएपछि बेहोस भएकी सुविनाको उपचारको क्रममा पाल्पाको रामपुर अस्पतालमा मृत्यु भएको हो ।

उनी उपर ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट ७ दिन म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/pakrau.jpg भतिजीको हत्याको आरोपमा एक जना पक्राउ http://dhangadhikhabar.com/news/42665
गेटा क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्न जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती http://dhangadhikhabar.com/news/42664 Thu, 27 Jan 2022 09:01:15 +0545 http://dhangadhikhabar.com/news/42664 कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ । कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज भट्टबीच बुधबार सात बुँदे सहमती भएको हो ।

विमानस्थलको स्तरोन्नती तथा जग्गा अधिग्रहणका लागि आर्थिक वर्ष २०७८/७९ भित्र घरजग्गा अधिग्रहण तथा स्तरोन्नतीका लागि आवश्यक स्रोत सुनिश्चितता गरी त्यसपछिका दुई वर्षभित्र मुआब्जा वितरणको व्यवस्था गरिनुपर्ने, अधिग्रहण गर्दा अधिग्रहणमा पर्ने सबै व्यक्ति, समुदायको अध्ययन गरी उचित मुआब्जाको व्यवस्था गरिने, अधिग्रहण गर्दा सम्बन्धित परिवार, टोल विकास समिति र समन्वय समितिका दुई÷दुई जना आमन्त्रित गरी सहभागिताको सुनिश्चितता गरिने, मुआब्जा निर्धारण गर्दा अधिग्रहण हुने क्षेत्रबाहेक नजिकमा हुनसक्ने बजार मुल्यको आकलन गरी समयमै मुआब्जा वितरणको व्यवस्था मिलाइनुपर्ने लगायत सहमती गरिएको छ ।

यस्तै मुआब्जा वितरणको सम्पन्नता नभएसम्म घर जग्गाको भोगचलनमा कुनै पनि प्रकृतिको अवरोध नगर्ने, नेपालको प्रचलित कानुन जग्गा प्राप्ति ऐन र पूर्वाधार विकास आयोजनाका लागि जग्गा प्राप्ति पुनर्वास तथा पुनस्र्थापना सम्बन्धि निती बमोजिम हुने तथा विमानस्थलको स्तरोन्नतीका लागि टोल विकास समिति, समन्वय समिति र टोलवासीका तर्फबाट कुनै पनि बाधा अवरोध नगर्ने सहमती भएको गेटा विमानस्थल प्रमुख भट्टले जानकारी दिनुभयो । उक्त विमानस्थल स्तरोन्नती तथा जग्गा अधिग्रहणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले रु एक अर्ब १५ करोड बजेट विनियोजन गरेको छ ।

क्षेत्रीय विमानस्थलका रुपमा गेटालाई विकास गर्न २५८ दशमलव २५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने गुरुयोजनालाई नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री आलेले स्वीकृत गरेपछि सर्भेको काम अघि बढेको छ । विमानस्थल स्तरोन्नतिका लागि परामर्शदाता कम्पनीको प्राविधिक टोलीले ड्रोनबाट सर्भेको काम सुरु गर्न थालेको बताइएको छ । 

]]>
http://dhangadhikhabar.com/uploads/Geta_Airport_20220127090108.jpg गेटा क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्न जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती http://dhangadhikhabar.com/news/42664
उपचारका क्रममा भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु http://dhangadhikhabar.com/news/42663 Thu, 27 Jan 2022 08:50:12 +0545 http://dhangadhikhabar.com/news/42663 नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार मधुवन नगरपालिका वडा नं ६ निवासी ७१ वर्षीय पुरुषको उपचारका क्रममा मङ्गलवार राती १०ः३० बजे मृत्यु भएको थियो । भेरी अस्पतालमा यही माघ १० गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना गरिएको थियो । 

यस्तै कालिकोट शुभकालिका वडा नं ५ निवासी १६ वर्षीय बालकको भेरी अस्पतालमा बुधबार बिहान ११ः१५ बजे मृत्यु भएको छ । यही माघ ४ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभपछि भोलीपल्ट भेरी अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए । 

]]>
http://dhangadhikhabar.com/uploads/dead-body_20211124154359.jpg उपचारका क्रममा भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु http://dhangadhikhabar.com/news/42663
महासचिव आकांक्षी वर्षमान र जनार्दन बीच छलफल http://dhangadhikhabar.com/news/42662 Thu, 27 Jan 2022 08:44:02 +0545 http://dhangadhikhabar.com/news/42662 नेकपा माओवादी केन्द्रमा महासचिव पदका आकांक्षी वर्षमान पुन र जनार्दन शर्माबीच छलफल भएको छ। नेकपा माओवादी केन्द्रमा महासचिव पदका आकांक्षी वर्षमान पुन र जनार्दन शर्माबीच छलफल भएको छ।

आठौं महाधिवेशनले पार्टी अध्यक्ष चयन गरे पनि पदाधिकारी भने चयन हुन बाँकी छ।

महाधिवेशनका बेला वर्षमान नेपाल थिएनन्। उनी स्वास्थ्य उपचारका लागि चीनमा थिए।

वर्षमान स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफू महासचिवको स्वभाविक दाबेदार भएको बताएका थिए।

महासचिवका अर्का दाबेदार अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा हुन्। वर्षमान र जनार्दनबीच पार्टी पदाधिकारी चयन गर्ने विषयमा बुधबार छलफल भएको छ।

चीनमा उपचार गरेर स्वदेश फर्केका वर्षमानलाई भेट्न जनार्दन बुधबार उनकै निवासमा पुगेका थिए।

त्यसक्रममा उनीहरूबीच पार्टी पदाधिकारी चयनका विषयमा पनि कुराकानी भएको थियो। माओवादीले माघ २७ गते केन्द्रीय कमिटी बैठक राखेको छ।

यो कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने तयारी छ।

जनार्दन पनि महासचिव आफूलाई बनाउनुपर्नेमा छन्। उनले महाधिवेशनकै बेला अध्यक्ष प्रचण्डलाई आफूलाई महासचिव बनाउन दबाब दिएका थिए। तर प्रचण्डले महासचिवका अर्का दाबेदार वर्षमानसँग पनि छलफल गर्नुपर्ने बताएका थिए।

गत महिना सकिएको महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य मात्रै छानेको थियो। पदाधिकारी छान्ने अधिकार केन्द्रीय कमिटीलाई छ।

एक नेताका अनुसार वर्षमान र जनार्दनबीच बुधबारको भेटमा पनि महासचिवलगायत पार्टीका सबै पदाधिकारी सहमतिमै चयन गरेर जाने विषयमा कुराकानी भएको छ।
 

]]>
http://dhangadhikhabar.com/uploads/barsamanjanardan1643250794_20220127084350.jpg महासचिव आकांक्षी वर्षमान र जनार्दन बीच छलफल http://dhangadhikhabar.com/news/42662
कन्चनपुरमा अब डम्पिङ साइड निर्माणको काम अगाडी बढ्ने http://dhangadhikhabar.com/news/42661 Thu, 27 Jan 2022 08:25:38 +0545 http://dhangadhikhabar.com/news/42661 शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्यले गति लिने भएको छ । शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्यले गति लिने भएको छ ।

बुधबार सरकारले वन क्षेत्रको जग्गाको भोगाधिकार दिने निर्णय गरेपछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्य अगाडी बढने भएको हो। वन तथा वातावरण मन्त्रालयले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सामुदायिक वन क्षेत्रको जग्गाको भोगाधिकार दिने निर्णय गरेको नगर प्रमुख दिलबहादुर ऐरले बताए ।

‘मन्त्रालयले सामुदायिक वन क्षेत्रको जग्गामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्वीकृति प्रदान गर्दा तीन वर्षदेखि काम अलपत्र परेको थियो’, उनले भने, ‘सामुदायिक वनको नौ विघा १० कट्टा जग्गामा रु ३० करोडको लागतमा केन्द्र निर्माणका लागि बाटो खुलेको छ, चाँडै ठेक्का प्रक्रियामार्फत निर्माणको काम अगाडी बढ्छ ।’

सामुदायिक वनले केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरे पनि डिभिजन वन कार्यालयले नेपाल सरकारबाट जग्गाको भोगाधिकार नआउँदासम्म फोहर व्यवस्थापन केन्द्र निर्माणको कार्य गर्नमा अवरोध गर्दै आएको थियो ।

जग्गाको भोगाधिकार प्राप्त गर्नाका लागि मन्त्री परिषद्को बैठकको निर्णय मात्र वैधानिक हुने तर नगरपालिकाले यस्तो वैधानिकता प्राप्त नगरेको भन्दै निर्माणका गतिविधि हुन दिइएको थिएन । सो केन्द्र निर्माणका लागि माटो परीक्षण र प्रारम्भीक वातावरणीय परिक्षण तथा वातावरणीय प्रभाव मूल्याङकनको कार्य यस अघि नै गरिएको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/Untitled-1_20220127082527.jpg कन्चनपुरमा अब डम्पिङ साइड निर्माणको काम अगाडी बढ्ने http://dhangadhikhabar.com/news/42661
गुन्डागर्दी मा संलग्न रहँदै आएका सञ्जु सिंहको कुटाईबाट एक जना घाईते http://dhangadhikhabar.com/news/42660 Thu, 27 Jan 2022 08:14:09 +0545 http://dhangadhikhabar.com/news/42660 कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरियाका सञ्जु सिंहको कुटाइबाट सोही ठाउँका ४९ वर्षीय जनकबहादुर सिंह घाइते भएका छन । कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरियाका सञ्जु सिंहको कुटाइबाट सोही ठाउँका ४९ वर्षीय जनकबहादुर सिंह घाइते भएका छन । 

जनकको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्याम चौधरीले जानकारी दिनुभयो । उनीहरु दुबै जना चिनजानका साथी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।उनीहरु दुबै जना चिनजानकै भएको र खानपिनका क्रममा सञ्जुको कुटपिटबाट जनकबहादुर घाइते भएको एसपी चौधरीले जानकारी दिनुभयो । फरार सञ्ज सिंहको खोजी भइरहेको छ  

पीडित पक्षले भने विवाहबाट फर्किँदै गर्दा सञ्जुले ४ ५ जना मानिस लगाएर कुटेको बताएका छन । सञ्जुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको पीडित पक्षले बताएका छन । गुण्डागर्र्दीमा संलग्न रहँदै आएका सञ्जु यसअघि पक्राउ परेर छुटेका व्यक्ति भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेका ेएसपी श्याम चौधरील जानकारी दिए ।
 

]]>
http://dhangadhikhabar.com/uploads/kutpit-kutiya_20210526075420.jpg गुन्डागर्दी मा संलग्न रहँदै आएका सञ्जु सिंहको कुटाईबाट एक जना घाईते http://dhangadhikhabar.com/news/42660
बैतडीमा बस दुर्घटना ६ जना घाइते,उद्दार कार्य जारी http://dhangadhikhabar.com/news/42659 Thu, 27 Jan 2022 08:01:06 +0545 http://dhangadhikhabar.com/news/42659 महेन्द्रनगर देखि मेलौलीतर्फ गइरहेको ना ७ ख २५७० न को पवनदुत यतायातको बस मेलौली नगरपालिका २ रौतगाउ भन्ने स्थानमा आज बिहान करिब ५ बजे दुर्घटना भएको हो । माघ १३ बैतडी,  बैतडीको पाटन पन्चेश्वर सडकखण्डमा बस दुर्घटना भएको छ । 

महेन्द्रनगर देखि मेलौलीतर्फ गइरहेको ना ७ ख २५७० न को पवनदुत यतायातको बस मेलौली नगरपालिका २ रौतगाउ भन्ने स्थानमा आज बिहान करिब ५ बजे दुर्घटना भएको हो ।  

सलेना प्रहरी चौकीका अनुसार  ६ जना घाइते भएका छन । उनिहरुको परिचय खुलेको छैन ।  उद्दार कार्य रहेको जनाईएको छ । बस सडकबाट अन्ताजी २० मिटर तल खसेको छ । घटनाको थप बिवरण आउन बाकी रहेको छ ।

]]>
http://dhangadhikhabar.com/uploads/Accident_20211203093826.jpg बैतडीमा बस दुर्घटना ६ जना घाइते,उद्दार कार्य जारी http://dhangadhikhabar.com/news/42659
आजको मौसम http://dhangadhikhabar.com/news/42658 Thu, 27 Jan 2022 07:48:07 +0545 http://dhangadhikhabar.com/news/42658 हाल देशको पहाडी भूभागमा आंशिक बदली र तराईका भुभागमा हुस्सु कुहिरो लागि रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली र तराईका भुभागमा हुस्सु कुहिरो लागि रहेको छ।

दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ। राती प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ।

प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।


 

  

 

]]>
http://dhangadhikhabar.com/uploads/271985525_1273721893124492_5460626331428008445_n_20220127074755.jpg आजको मौसम http://dhangadhikhabar.com/news/42658