भारतमा नयाँ सेनाप्रमुख, को हुन् नरवणे ?

भारतमा नयाँ सेनाप्रमुख, को हुन् नरवणे ?

भारतीय थल सेनाध्यक्ष विपिन रावतलाई ३१ डिसेम्बरदेखि लेफ्टिनेन्ट जनरल मनोज मुकुन्द नरवणेले विस्थापित गर्दैछन्। नयाँ सेना सेनाप्रमुखका रुपमा नरवणेले भारतीय सेनाको नेतृत्व गर्न लागेका हन्।

उनी हाल भारतीय सेनाका उपप्रमुख हुन्। हालका सेनाप्रमुख रावतको कार्याकाल ३१ डिसेम्बरमा सकिँदैछ। भारत र पाकिस्तानबीच तनाव चुलिएको र कश्मीर थप अशान्त भएकै बेला नरवणेले सेनाको कमाण्ड सम्हाल्न लागेका हुन्।

सन् १९८० मा शिख लाइट रेजिमेन्टमा भर्ती भएका नरवणेसँग उत्तरपूर्वी भारतमा चरमपन्थी नियन्त्रण अभियानको अनुभव भएको भारतीय मिडियाहरुले दाबी गरेका छन्। 

नरवणेले यसअघि जम्मू–कश्मीरमा एक राष्ट्रिय राइफल्स बटालियनको कमाण्ड सम्हालेका थिए भने असम राइफल्सको इन्स्पेक्टर जनरल समेत रहिसकेका छन्।