बक्स अफिसमा कमजोर सलमानको ‘दबंग-३’

बक्स अफिसमा कमजोर सलमानको ‘दबंग-३’

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘दबंग-३’ले अपेक्षा अनुसारको व्यापार गर्न सकेन। प्रर्दशनको पहिलो दिन फिल्म बजार विश्लेषकले ४० करोडको व्यापार हुन सक्ने आँकलन गरे पनि फिल्मले त्यो आशा पूरा गरेन।

फिल्मले पहिलो दिन २४.५ करोडको व्यापार गरेको फिल्म बजार विश्लेषक तरण आदर्शले आफ्नो अफिसियल ट्वीटरमा उल्लेख गरेका छन्।

यद्यपि फिल्मले आँकलनअनुरूप व्यापार नगर्नुलाई भने भारतमा चलिरहेको नागरिकता ऐन सम्बन्धी आन्दोलनलाई लिइएको छ। बजार विश्लेषक आदर्शले चलिरहेको आन्दोलनले फिल्मको व्यापारमा करिव २०-३० प्रतिशत सम्म प्रभावित गरेको उल्लेख गरेका छन्।

आदर्शले आन्दोलन तत्कालै नसेलाए फिल्मले घाटा व्यहोर्नुपर्ने सम्भावनासमेत रहेको उल्लेख गरेका छन्। यता गत ५ वर्षको आँकडाअनुसार सलमानको ‘दबंग-३’ व्यापारमा सबैभन्दा कम सुरुवात गर्ने फिल्म मध्येको दास्रो बनेको छ। सन् २०१७मा प्रदर्शनमा आएको ‘ट्युबलाइट’पछि ‘दबंग-३’ कम व्यापारिक सुरुवात गर्ने फिल्म बनेको हो।

सन् २०१७ जुन २३ बाट प्रदर्शनमा आएको ट्युवलाइटले २१.१५ करोडको व्यापार गरेको थियो भने दबंग-३ ले २४.५ करोडको व्यापार गरेको छ।