चोरिएको कुकुर खोज्न विमान भाडामा, भेट्नेलाई ७ हजार डलर पुरस्कारको घोषणा

चोरिएको कुकुर खोज्न विमान भाडामा, भेट्नेलाई ७ हजार डलर पुरस्कारको घोषणा

जब चिजबस्तुसँग गहिरो प्रेम भइदिन्छ, तब त्यसका लागि मानिस जे पनि गर्न तयार हुन्छ। जनावरसँग पनि मानिसको गहिरो लगाव छ, मायाप्रेम पनि। तपाईँ हामीले मान्छे र जनावरबीचको सम्बन्धका बारेमा त सुनेकै छौँ। 

सन फ्रान्सिस्कोकी एक महिलाले आफ्नो ५ वर्षको  कुकुर खोजेर ल्याउने व्यक्तिलाई झन्डै ८ लाख रुपैयाँ (७००० डलर) पुरस्कारको घोषणा गरेकी छन् ।  

महिलाका अनुसार गत साता एक किराना स्टोरको बाहिर उनको नीलो आखा भएको अस्ट्रेलियन शेफर्ड कुकुरको चोरी भएको थियो । महिलाले यसको जानकारी आफ्नो ट्वीटर तथा इन्ट्रा एकाउन्टमा पनि सेयर गरेकी छन् ।

कुकुरको नाम ज्याक्सन हो। यो कुकुर बर्नाल हाइट्स नजिकैको ग्रोसरी स्टोरबाट चोरी भएको थियो। ग्रोसरीको सीसीटीभी क्यामरामा एक हुड लगाएको व्यक्ति कुकुरको नजिकै आएको देखिएको थियाे।

यहाँसम्म कि महिलाले कुकुर खोज्नका लागि एक विमान पनि भाडामा लिएकी छन्। भाडामा लिएको यो विमानका लागि महिलाले १.४० लाख पनि खर्च गरिसकेकी छन्।