धनगढी बन्द फिर्ता, आन्दोलनको स्वरुप परिवर्तन गरिने

धनगढी बन्द फिर्ता, आन्दोलनको स्वरुप परिवर्तन गरिने

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी ‘गोदावरी’ तोकिएको भन्दै धनगढीमा आह्वान गरिएको आम हडताल फिर्ता गरिएको छ । 

केही वेर अघि बसेको आन्दोलनकारीको बैठकले आन्दोलन फिर्ता लिने निर्णय गरेको हो । नेपालीका महान चाड दशै तिहार नजिकै आईरहेको र विद्यालयको पठन पाठन प्रभावित भएपछि आम हडताल फिर्ता गरिएको हो । 

तर, उनीहरुले आन्दोलन जारी रहेन स्वरुप परिवर्तन गरिने बताएका छन । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी सारिएको विरोधमा  धनगढीमा गरिएको आन्दोलन उग्र बन्दै गएको थियो । 

प्रदर्शनकारीहरु जवरजस्ती बजार बन्द गराउने, खुल्ला रहेका पसलमा ढुङगा हान्ने, गाली गर्ने, अटो रिक्साका चापी थुत्ने, हावा फुस्काईदिने लगायतका उच्छृङलख गतिविधिमा गर्दै आएका थिए । 

आईतवार मात्रै उनीहरुले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि गठित उच्चस्तरीय सरकारी छानबिन समितिका सदस्य बिरेन्द्र केसी चढेको गाडीमा ढुंगा प्रहार गरेका थिए ।