९३ वर्षमा यी महिला दुलही बनिन्

९३ वर्षमा यी महिला दुलही बनिन्

जन्म, मृत्यु र विवाहको कुनै ठेगान हुँदैन भन्ने भनाई नै छ । कसैले विवाह गर्छु भन्दा पनि नहुने र कहिले नगर्ने भन्दा भन्दै पनि भइहाल्ने अवस्था सिर्जना हुन्छ । विवाह गर्ने योजना हु्ँदा हुदैपनि त्यसै उमेर ढल्किरहन्छ । मन मिलेपछि जोसँग जहिले पनि विवाह हुनसक्छ । विवाहबारे यस्तै रोचक खबर छ ।

घटना अष्ट्रेलियाको क्यानबेरामा यसै वर्षको मध्यतिर भएको छ । सिल्विया मार्टिन ९३ वर्षमा दुलही बनिन् । उनले निकै उत्साहका साथ विवाह गरिन् । ८८ वर्षीय फ्रैंकका साथ सिल्बियाको विवाह भएको हो । यो उनको दोश्रो विवाह हो । तैपनि उनी निकै उत्साही भएर विवाह गरिन् ।

सिल्वियाले विवाहको लागी कपडा आफै खरिद गरिन् । पसलमा धेरै किसिमको कपडाको डिजाइन देखेर उनी अलमलमा परेर पसलेसंग सल्लाह मागेकी थिइन् । पसलेले सिल्वियालाई फरक फरक डिजाइनको कपडामा फोटो खिचाएर फेसबसकमा शेयर गरिदिएका थिए । उक्त पोस्टको आधारमा सिल्वियालाई हजारौं कमेन्ट आएको थियो । धेरैले रातो रंगको ड्रेस छनोट गर्नमा कमेन्ट गरेका थिए ।