८ करोडको कुकुर हरायो, भेट्नेलाई १ लाख पुरस्कार

८ करोडको कुकुर हरायो, भेट्नेलाई १ लाख पुरस्कार

भारतको कर्नाटकका एक व्यक्तिको कुकुर हराएपछि प्रहरीमा उजुरी दिएका छन् । ब्याङ्गलोरका चेतन एनको ८ करोड भारुको कुकुर हराएपछि को हनुमन्तनगर प्रहरी चौकी पुगेका हुन्।

उनले कुकुर भेटाउनेलाई १ लाख भारु दिने घोषणा समेत गरेका छन्। भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेअनुसार उक्त कुकुर  अलास्कन मलामुट नस्लको हो, जसको एउटा बच्चाको मूल्य पनि लाखौँ हुने गर्छ।

चेतनले उक्त कुकुर चीनको राजधानी बेइजिङबाट किनेर ल्याएको बताएका छन् । चेतनका अनुसार उनले आफ्नो कुकुरको हेरचाह गर्न श्रीनगरका सौम्यालाई सुम्पिएका थिए। तर, कुकुर हरायो।