साबधान ! फेसबुक म्यासेन्जरमा अटो म्यासजे जाने भाइरस आतंक

साबधान ! फेसबुक म्यासेन्जरमा अटो म्यासजे जाने भाइरस आतंक

सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । वास्तबमा त्यो म्यासेज तपाईको साथीले पठाएको होइन । उसले त्यो म्यासेज खोलेको मात्र हो, त्यो पनि झुक्किएर । अर्थात थाहा नपाएर ।

तपाईंको फेसबुक म्यासेन्जरमा पनि साथीको सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला । साबधान !  यो म्यासेज नभई भाइरस भएको फेसबुकले जनाएको छ ।

झट्ट हेर्दा शुभकामना जस्तो देखिने यस्तो म्यासेज भाइरस भएको फेसबुकले जनाएको हो । नयाँ वर्षको शुभकामना जस्तो देखिने यस्तो म्यासेज अहिले हरेकको म्यासेन्जरमा आइरहेको छ ।

‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ भनेर लेखिएको उक्त म्यासेज तपाईंले खोल्नेबित्तिकै तपाईंका सबै साथीलाई अटो रुपमा जानेछ । तपाइको साथीले पनि उक्त म्यासजे खोल्दा उनका अरु साथीहरुलाई जाने पक्का छ । त्यसैले यो म्यासेजले अहिले सामाजिक सञ्जालमा आतंक नै मच्चाएको छ ।

म्यासेन्जर प्रयोगकर्तालाई अहिले प्राप्त भैरहेको उक्त म्यासेज खासमा भाइरस हो । प्रयोगकर्ताको जानकारी बिना नै यस्ता म्यासेज आइरहेका छन् । झट्ट खोलेर हेर्दा नयाँ वर्षको शुभकामना देखिए पनि त्यसबाट तपाईंका फेसबुक साथीलाई ‘अटो म्यासेज’ गइरहेको हुन्छ ।

यस्तो भाइरसले तपाइको फेसबुक एकाउन्टमा अनाधिकृत पहुँच राख्न सक्छ । त्यसैले झुक्किएर भए पनि यस्तो लिङ्क नखोल्नुहोस् ।

यस्ता म्यासेजहरूलाई आउने बित्तिकै डिलिट गर्नु भयो भने झुक्किएर खुल्ने सम्भावना रहँदैन । यस्ता खालका म्यासेजले तपाईंको फेसबुक ह्याक हुने, अरूसँग गरिएका गोप्य कुराकानी बाहिरिने सम्भावना अधिक हुन सक्छ ।