सुदूरपश्चिम प्रदेशका यातायात समितिद्धारा अग्रिम टिकट बुकिङ खुल्ला

सुदूरपश्चिम प्रदेशका यातायात समितिद्धारा अग्रिम टिकट बुकिङ खुल्ला

धनगढी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला तथा अन्य प्रदेशका लागी यहाँका यातायात समितिले अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन ।

नेपालीहरुका महान चाडपर्व दशै र तिहारलाई लक्षित गर्दै यहाँका सुदुरपश्चिम यातायात व्यावसायी सघ, कर्णाली रिभर यातायात समिति र मालिका यातायात प्रालिले अगिम टिकट बुकिङ खुल्ला गरेका हुन ।

दशै र तिहार मनाउन घर जाने यात्रुलाई असहज नहोस भन्नका लागि सुदूरपश्चिम प्रदेशका यातायात समितिले अग्रिम टिकट बुकिङ खुल्ला गरेको हुन । 

अग्रिम टिकट बुकिङपछि यात्रुहरुले आफु घर जाने दिनको टिकट बुक गर्न पाउने सुदूरपश्चिम यातायत ब्यावसायी संघ टिकट काउन्टरका इन्र्चाज उदय बहादुर चन्दले बताउनुभयो ।

सुदूरपश्चिम यातायात ब्यावसायी संघले अहिले पनि काठमाण्डौ बाट धनगढी आउने यात्रुको चाप लाई ध्यान दिदै दैनिक २ देखि ५ वटा थप बस पठाईरहेको जनाएको छ ।

सुदूरपश्चिम यातायत व्यवसायी सघ जस्तै सुदूरपश्चिम प्रदेशमा रहेका अन्य यातायत समितीहरुले पनि अग्रिम टिकट बुकिङ खुल्ला गरिसकेका छन । टिकट बुकिङ खुल्ला गरेका सुरुमा दिनमा भने खास्सै घुईचो लागेको छैन ।

अन्तिम समयमा मात्रै आएर टिकट काटने परिपार्टीका कारण टिकट बुकिङ खुल्ला गरेलगत्तै टिकट काटन आउने सख्या कम छ ।

त्यसैले अन्तिम समयमा धेरै भिडभाड हुने र टिकटको अभाव हुनसक्ने भएकाले समयमै टिकट सुरक्षित गर्न कर्णाली रिभर यातायात साईडका बुकिङ कलर सन्तोष घर्तीमगरले आग्रह गर्नुभयो ।

दशै र तिहारको दुई चार दिनअघि तिर यात्रुले टिकट नपाउने समस्या विगतदेखि नै भोग्दै आएका छन । तर, यसपाली भने त्यस्तो समस्या नहोस भन्नका लागि आवश्यकता अनुसार गाडी सञ्चालन गरिने यातायात व्यावसायीको भनाई छ ।

उनीहरुले दशैँ र तिहारका बेला घर जाने यात्रुहरुलाई असहज नहोस भनि आवश्यकता अनुसार गाडी थपिने पनि जनाएका छन ।

चाडपर्व नजिकिएसंगै प्रदेशको अस्थाई राजधानी धनगढी बाट पहाडी जिल्ला तथा अन्य प्रदेशमा जाने यात्रुहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।