‘अव त्यो समस्या तपाईहरुले भोग्नु प्रर्दैन’

‘अव त्यो समस्या तपाईहरुले भोग्नु प्रर्दैन’

धनगढी ; बुधवार विहान ६ बजे नै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सिमा नाका गौरीफन्टामा पुगेका हुन ।

त्यहा न कुनै कार्यक्रम थिएन, मुख्यमन्त्री भट्ट भारतबाट घर फर्किने नेपालीले सिमामा भोग्नुपरेका समस्या बुझन् पुगेका थिए । 

सधैका वर्ष दशै तिहार अगाढी सिमा क्षेत्रमा दशैतिहार मनाउन घर फर्किने नेपालीका भिड लाग्ने गर्दछ । 
सो क्रममा भारतीय सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मीबाटै पनि घर फर्किनेहरु लुटिने गरेका छन । 

‘पहिला म भारतबाट आउदा पनि धेरै पटक सिमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले विभिन्न वहानामा सास्ती दिएका छन ।’ आफनो विगत सम्झदै मुख्यमन्त्रीले भन्नुभयाे, ‘सिमामा नेपालीले पाउने समस्या बुझ्न यहाँ आएको हु ।’

उहाँले घर फर्किदा सिमा क्षेत्रमा दुख पाउनुपर्ने अवस्था अव नआउने समेत आश्वासन दिएका छन । 

त्यहाँ पुग्न उहाँले घर फर्किरहेका नेपालीसग कुराकानी गरेका थिए । 

नेपाल र भारतका सुरक्षा अधिकारीसँग सिमामा सहज आवागनका लागि कुरा भएको छ । अव त्यो समस्या नहुने मुख्यमन्त्री भट्टले बताउनुभयाे ।

सिमामा हुने समस्या अन्त्यका लागि भारत र नेपालका सुरक्षा निकायको सयुक्त सहायता कक्ष समेत स्थापना गरिएको मुख्यमन्त्री भट्टले बताएका छन । 

उहाँले १४ वर्षको बालापनमै गरिबीका कारण रोजगारी खोज्दै भारत गएका भट्टले भारतमा चौकीदारी गरेका थिए । 

२०४७ सालमा अखिल भारत नेपाली एकता समाजबाट आफ्नो राजनीतिक यात्रा सुरु गरि २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पराजित भएका भट्ट २०७४ को प्रदेश सभामा निर्वाचित भई हाल सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री छन । 

उहाँले सुदूरपश्चिम प्रदेशका बासिन्दालाई भारतमा चौकीदारी गर्नुपर्ने बाध्यताबाट उन्मुक्त गराउने पनि बताउदै आएका छन । 

फोटो ; मुख्यमन्त्रीको नीजि सचिवालय