धनगढी : धनगढीमा सिजी ब्राण्ड सप सञ्चालनमा आएको छ ।
धनगढीका लागि चौधरी ग्रुपका घरायसी तथा विद्युतीय सामग्रीको आधिकारिक बिक्रेता न्यू मनिषा ईलेक्ट्रोनिक्सको बुधवार एक समारोहका बीच धनगढी उपमहानगपालिकाकी उपमेयर सुशिला मिश्र भट्टले उद्घाटन गर्नुभएकाे थियाे ।
बुटवल र सुर्खेतपछि धनगढीमा सिजीको ब्राण्ड स्थापना गरिएको हो ।
धनगढीका लागि सिजीका घरायसी तथा विद्युतीय सामग्रीको आधिकारिक बिक्रेता न्यू मनिषा ईलेक्ट्रोनिक्सका कार्यकारी निर्देशक यज्ञराज ओझाले फ्रिज, टिभी, गिजर, वासिङ मेसिन, पंखा, कुलर लगायत सिजी ब्राण्डका सबै घरायसी तथा विद्युतीय सामग्रीहरु न्यू मनिषा ईलेक्ट्रोनिक्समा पाईने जानकारी दिनुभयाे ।
उहाँले दशैं तथा दीपावलीका अवसरमा प्रत्येक सामग्रीको खरीदमा १५ देखि ३५ प्रतिशत छुटको व्यवस्था रहेको बताएका छन ।
उहाँले भन्नुभयाे, ‘अव सिजीका सम्पूर्ण घरायसी तथा विद्युतीय सामग्रीका लागि पसल पसल धाउनु प्रर्दैन । सवै सामान न्यू मनिषा ईलेक्ट्रोनिक्समा पाईन्छन ।’
कार्यक्रममा चौधरी ग्रुपका प्रतिनिधि शिवलाल खनालले सुदूरपश्चिम प्रदेशमा धनगढीको न्यु मनिषा ईलेक्टोनिक्स आधिकारीक बिक्रेता रहेको भन्दै नेपाली उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गर्नुभयाे ।
सिजी ब्राण्डका ईलेक्टोनिक्स सामान मर्मतका लागी धनगढीमा प्राविधिक समेत उपलव्ध रहेका बताईएको छ ।