धनगढीमा विश्व नेपाली साहित्य महोत्सव सुरु

धनगढीमा विश्व नेपाली साहित्य महोत्सव सुरु

धनगढी : सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा  विश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ।  महोत्सवको बुधबार एक भव्य कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।

राष्ट्रपति भण्डारीले पानसमा दियो जलाएर महोत्सवको उद्घाटन गरेकी हुन्। फागुन २० गतेसम्म संचालन हुने महोत्सवमा साहित्य, राजनीति, समसामयिकलगायत विभिन्न विषयमा सत्रहरु हुनेछन्।

पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, उद्योग मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सांसद भीम रावल, गगन थापा, नारदमुनि राना, प्रेम आले लगायतका नेताहरु राजनीति, विकासलगायत विषयका वक्ताका रुपमा रहने छन्।

सिक्कीमका पूर्वमुख्यमन्त्री चामलिङ, प्रा.डा. बासुदेव त्रिपाठी, डा. विष्णुविभु घिमिरे, मनु मञ्जिलले काव्य सभामा वक्ता रहने आयोजकले जनाएको छ। चामलिङले स्वाभिमानी जातिका स्वाभिमानी पाइला विषयको बहसमा भाग लिने छन्।