नेपाल रेडक्रस सोसाइटी कैलाली साखाले स्वर्ण जयन्ती मनाउन लागेको छ । स्थापनाको ५० बर्ष पुगेकोे अवशरमा बर्षभरी बिबिध कार्यक्रमको आयोजना गरी स्वर्ण जयन्ति मनाउन लागेको हो ।
२०७६ साल फागुन २६ गतेबाट स्वर्ण जयन्तिको सुबारम्भ गरी २०७७ फागुन २६ गते सम्पन्न हुने नेपाल रेडक्रस सोसाइटी कैलाली साखाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । कैलाली बासीका लागी रेडक्रसका ५० बर्ष भन्ने मुल नारा सहित स्वर्ण जयन्ति मनाउन लागेको रेडक्रस सोसाइटी कैलाली साखाका सभापति उत्तम जोशीले बताए । बिभिन्न मानबिय सेवामा क्रियासिल रेडक्रस कैलाली साखाले स्वर्ण जयन्तिका अवशरमा थप सेवामुलक कार्यहरु गर्ने जनाएको छ ।
फागुन २६ गते जिल्ला साखा परिसरमा रेडक्रसका जन्मदाता जँ हेनरी ड्युनाको तस्वीर अंकित स्तम्भको सिल्यान्नास गर्ने कार्यक्रम रहेको छ । सुभारम्भपछि स्थानिय स्तरमा सरोकारवाला संग अन्तरक्रिया, अभिमुखीकरण, बृक्षारोपण, अतिरिक्त क्रियाकलाप, राहत वितरण, स्वास्थ्य शिबिर, सरसफाई कार्यक्रम, स्मारिका प्रकासन, रक्तदान कार्यक्रम लगायत गरी स्वर्ण जयन्ति मनाइने नेपाल रेडक्रस सोसाइटि कैलाली साखाका मन्त्री लोकराज जोशीले बताए ।