धनगढीमा सुबिधा सम्पन्न अपार्टमेण्ट्सको शिलान्यास

धनगढीमा सुबिधा सम्पन्न अपार्टमेण्ट्सको शिलान्यास

धनगढी उप–महानगरपालिका वडा नम्वर १ को सेतो पुल नजिक अपार्टमेन्ट निर्माणका लागि शिलान्यास गरिएको छ। उद्योगपति श्याम तायलले अपारमेण्टको निर्माण सुरु गरेका हुन्।

चार तलाको उक्त अपार्टमेन्ट १५ महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पहिलो र दोश्रो तलामा प्रति फ्ल्याट ६५ लाख तथा दोश्रो र तेश्रो तलामा ६१र६१ लाख निर्धारण गरिएको छ। फ्ल्याट बुकिङ समेत सुरु भईसकेको छ।

 अपार्टमेन्ट भित्र खेल मैदान, गाडी, पार्किङ, योगा तथा ध्यान बगैचा समेत रहने बताईएको छ। अर्पार्टमेन्टको सेल्स डिपार्ट विरेन्द्र सिंह र जगदिश रानाले हेर्दै आएका छन्।