कैलालीको घोडाघोडीमा विङगर र मोटरसाईकल ठोक्किदाँ एक जना घाईते

कैलालीको घोडाघोडीमा विङगर र मोटरसाईकल ठोक्किदाँ एक जना घाईते

कैलालीको घोडाघोडीमा विङगरले मोटरसाईकल लाई ठक्कर दिदा एक जना घाईते भएका छन् । पश्चिम बाट पुर्व तर्फ जादै गरेको मोटरसाईकल लाई सोही दिशा बाट आईरहेको विङगरले ठक्कर दिदा दुर्घटना भएको हो ।

घाईते हुनेमा मोटरसाईकल चालक घोडाघोडी नगरपालिका १ बेलार ३० बर्षिय बिक्रम शाही रहेको प्रहरीले जनाएको छ । घाईतेको सुखड स्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सुुखडले जनाएको छ ।

घोडाघोडी ताल नजिकै सु.प.प्र ०१-००१ ल ११९८ नम्बरको विङ्गरले र से १ ७ प ६९४७ नम्बरको मोटरसाईकल लाई ठक्कर दिएको बताईएको छ । विङगर चालक दिपक प्रसाद जैशी लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।