चलिरहेको अटोमा बेहोस भएर धनगढीमा नुवाकोटका एक जनाको मृत्यु

चलिरहेको अटोमा बेहोस भएर धनगढीमा नुवाकोटका एक जनाको मृत्यु

धनगढी : नुवाकोटको बिदुर नगरपालीका घर भएका एक जनाको धनगढीमा मृत्यु भएको छ । कैलालीको मोहाना पुल नजिक एक्कासी बेहोस भए पछि उनलाई  सेती प्रादेशिक अस्पतालमा लैजादै गर्दा मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिल्लाको  बिदुर नगरपालीकाका भैरब जङ्ग पाण्डे रहेका छन । उनको साथबाट नेपाली नागरिकता समेत फेला परेको छ । मतृकको कारण भने खुल्न सकेको छैन ।अहिले  उनको को शव  सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।