सामाजिक विकास मन्त्रालयको पुर्व तयारी आइसोलेसन कक्ष र क्वारेन्टाइन स्थापना गर्ने

सामाजिक विकास मन्त्रालयको पुर्व तयारी आइसोलेसन कक्ष र क्वारेन्टाइन स्थापना गर्ने

डोटी : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसबाट जोगिन र फैलिहाले नियन्त्रण गर्न विभिन्न निर्णयहरू गरेको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आइतबार बसेको बैठकले हालसम्म सुदूरपश्चिममा कोरोना भाइरसका बिरामी नदेखिए पनि पूर्व तयारीलाई मजबुत बनाउने निर्णय गरेको हो ।

सम्भावित जोखिमबाट बच्न सबै जिल्लामा आइसोलेसन कक्ष र क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ । जिल्लाका सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

सुरक्षाकर्मी सहित उपस्थित बैठकले औषधी लगायत अत्यावश्यक सामग्री तयारी अवस्थामा राख्ने र औषधीलगायत उपभोग्य सामग्रीमा हुनसक्ने कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालयद्वारा नियमित अनुगमन गर्ने निर्णय गरेको मुख्य मन्त्रीका स्वकीय सचिव शिव सिंह ओलीले जनाए ।