स्वर्ण पदक विजेता धामीलाई शैल्यशिखरको सम्मान

स्वर्ण पदक विजेता धामीलाई शैल्यशिखरको सम्मान

१३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाललाई स्वर्ण दिलाउने कुस्ती खेलाडी संगिता धामीलाई शैल्यशिखर नगरपालिकाले सम्मान गरेको छ । कुस्ती ५५ केजी समुहको स्पर्धामा भाग लिइ स्वर्ण पदक जित्ने संगिता धामीलाई शैल्यशिखर नगरपालिकाले विहीबार गोकुलेश्वरमा एक कार्यक्रमको आयोजना गरि नगद रु १ लाख ५ हजार र सम्मान पत्रले सम्मान गरिएको हो ।

पुर्खौली घर दार्चुलाको मालिकार्जुन गाउँपालिका भएकी संगितालाई नगरपालिकाले नगद रु १ लाख ५ हजार तथा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको नगर प्रमुख अमर सिंह धामीले बताउनुभयो । नगरकार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार संगितालाई सम्मान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले बताए । १३ औं दक्षिण एशियाली खेलकुदमा कुस्ती खेलको ५५ केजी समुहको स्पर्धामा भाग लिई स्वर्ण पदक जित्न सफल संगिताको उज्वल भविष्यको कामना गर्दै सम्मान तथा नगद प्रदान गरिएको उहाले बताए । पदक बिजेता संगितालाई समग्र शैल्यशिखरबासी आम नागरिक एवं दार्चुलाबासीको तर्फबाट चन्द्र र सुर्य अंकित राष्ट्रिय झण्डालाई खेलका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा फहराउन निर्वाह गर्नु भएको भुमिकाको कदर गर्दै सम्मान तथा नगद प्रदान गरिएको उहाको भनाई छ ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख धामीले खेल प्रतिभाको सम्मान गर्न नगरपालिका संधै प्रतिबद्धा रहेको बताए । खेलाडीलाई खेल क्षेत्रमै टिकाई राख्न तथा नयाँ आउने प्रतिभालाई हौसला प्रदान गर्न स्वर्ण पदक बिजेता संगितालाई सम्मान गरिएको उहाको भनाई छ । सम्मानित भएकी कुस्ती खेलाडी संगिता धामीले नगरपालिकाले गरेको सम्मानले खेल प्रतिको रुचि झन बढ्दै गएको प्रतिक्रिया दिएकी छिन् । पुर्खौली ठाउँमा बोलाएर नगरपालिकाले सम्मान गरेको प्रति संगिताले खुसी समेत व्यक्त गरेकी छन् । खेलमा भाग लिदा पदक जित्छु भन्ने आशा रहेको तथा स्वर्ण पद नै जितेर ल्याउछु भन्ने आश नरहेको उनले बताइन्  ।

१३ औं दक्षिण एशियाली खेलकुदमा ५५ किलो तौल समुहमा संगिताले कुस्ती तर्फ इतिहास रचेकी थिइन् । १९ वर्षीय संगिताले फाइनलमा बंगलादेशकी सर्केर रिमलाइ हराउदै स्वर्ण पदक जितेकी थिइन्