कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–२ भाँसीदेखि ब्रह्मदेव बजार जोड्ने लिंक रोडमा बिहिवार राती मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–७ हल्दुखाल जनसेवा माध्यमिक विद्यालय नजिकै बिहिवार बेलुका म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुवै जनाको मृत्यु भएको हो।

सुरजको घटनास्थलमा नै मृत्यु भएको थियो भने दिनेशको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। तीव्र गतिका कारण अनियन्त्रित भएर मोटरसाईकल दुर्घटना भएको प्रहरीले जनाएको छ।