एनसेलले ल्यायो ‘कलआयो पैसा पायो’ अफर

एनसेलले ल्यायो ‘कलआयो पैसा पायो’ अफर

एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत ग्राहकहरुले औधि मन पराएको ‘कलआयो पैसा पायो’ अफर यो वर्ष पनिअझ बढी बोनसका साथल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले अब विश्वकाजुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमनकलमादुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेटको रु २ बोनस स्वरुपप्राप्तगर्दछन् ।

यो अफर बुधबार (फागुन २८) बाट लागु भएको छ र ३ महिनासम्म जारी रहनेछ । एनसेलकाग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाई र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट ११ मिनेटसम्म रु २ को दरले बोनस पाउँछन् ।

यसको अर्थ अन्तर्राष्ट्रिय आगमनकलमा कुरा गर्दा ग्राहकले रु २० सम्मबोनस प्राप्त गर्नेछन् । यसरी प्राप्तबोनस ३ दिनको लागिमान्यहुनेछ । ग्राहकले उक्तबोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।

एनसेलका सबै प्रिपेड तथापोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजनानिःशुल्क सुचारु गरी लाभलिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् ।

बोनसका साथै, अन्तर्राष्ट्रिय आगमनकलमा कुरा गरी यस योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन पनिजित्न सक्नेछन् ।

यो योजनाअवधिभर प्रत्येक हप्ता १० जनाग्राहकले १/१ थान स्मार्टफोन पाउनेछन् । एक हप्ताको समयावधिमाग्राहकले पाएको बोनस, कुलअन्तर्राष्ट्रिय आगमनकल र औसत कलको समय अनुसार विजेताको छनोट गरिनेछ ।

आफ्ना परिवारका सदस्य, आफन्तवा साथीभाई विदेशमा रहेका र उनीहरुसँग सम्पर्कमा रहिरहनु पर्ने ग्राहककालागिथपलाभ सुनिश्चितगर्दै यो आकर्षक योजनाल्याउनपाएकोमा कम्पनीहर्षित रहेको एनसेलले जनाएको छ ।

यो योजनाअन्तर्गत प्राप्तहुने बोनसले ग्राहकलाई विदेशमा रहेका साथीभाई तथा परिवारका सदस्यसँग सम्पर्कमा रहँदै, एनसेलको नेटवर्कमा रहेका अन्यआफन्तजनतथा साथीभाईसँग थप सम्पर्कमा रहनमद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।