मोबाईल एप्सबाट गुनासो, एप्सबाटै सम्बोधन

मोबाईल एप्सबाट गुनासो, एप्सबाटै सम्बोधन

धनगढी । धनगढी उपमहानगरपालिकाको पूर्वाधार व्यवस्थापन प्रणाली (आईएमएस) एप्समा पछिल्लो पटक शनिवार वडा नम्बर ३ का केशव ऐरीले कान्तिपुर टोलको सडक कालोपत्रेको विषयमा तस्वीर सहित आफ्नो गुनासो राखे ।

उनले एप्समा लेखेका छन्–‘नाला निर्माण गर्न बजेट अभाव भएको छ । जसले गर्दा नाली र ग्राबेल गर्न सकिरहेका छैनौं ।’ उनको गुनासोलाई समाधान गर्नका लागि धनगढी उपमहानगरपालिकाले पहल गरिरहेको छ । सडकको विषयमा जानकारी लिदैं उपमहानगरपालिका उनको जिज्ञासा मेटाउने तयारीमा रहेको छ ।

केशव मात्रै होईन केशव जस्ता धेरै नगरवासीहरुले नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले लागु गरेको पूर्वाधार व्यवस्थापन प्रणाली (आईएमएस) एप्समा आफ्ना गुनासोहरु राखिरहेका छन् । धनगढी उपमहानगरपालिकाले त्यसै एप्स मार्फत नगरवासीहरुका गुनासाहरुको सम्बोधन गरिरहेको छ । 

नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले लागु गरेको पूर्वाधार व्यवस्थापन प्रणाली (आईएमएस) एप्समा आफ्ना गुनासोहरु राखिरहेका छन् । धनगढी उपमहानगरपालिकाले त्यसै एप्स मार्फत नगरवासीहरुका गुनासाहरुको सम्बोधन गरिरहेको छ । 


धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ मा रहेको कालिका आधारभुत विद्यालयको पर्खाल निर्माणको काम निरन्तर हुन सकिरहेको छैन् । बीचमै रोकिएको छ भन्ने गुनासो स्थानीय करिष्मा चन्दले आईएमएस एप्समा राखेकी छिन् । धनगढी उपमहानरपालिकाले उनको गुनासोलाई मनन गर्दै त्यसको जवाफ पठाएको छ । –‘सम्बन्धित प्राविधिकलाई गुनासो सम्प्रेषण् गरि सकिएको छ । उक्त योजनाको अवस्था वुझ्दा ईट्टा अभावको कारणले ढिला भएको जानकारी प्राप्त भएको छ ।’– उपमहानगरपालिकाले दिएको उत्तरमा उल्लेख गरिएको छ । 


धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा भइरहेका विकास निर्माणका गतिविधि मोवाइलबाटै जानकारी दिन थालेको छ । उपमहानगरपालिकाले सुशासन कायम गराउने उद्देश्यले २०७५ साल भदौ ३० गते पूर्वाधार व्यवस्थापन प्रणाली (आईएमएस) लागू गरेको थियोे ।

पूर्वाधार विकास प्रणाली अन्तर्गत नागरिकहरुले आफ्नो मोवाइलबाटै विकास निर्माणको जानकारी लिइरहेका छन् । त्यसमा उनीहरुले आफ्नो गाउँ ठाउँमा भईरहेका विकास निर्माणका कामहरुको वारेमा धनगढी उपमहानगरपालिकालाई अवगत गराउनुका साथै त्यससँग सम्बन्धित गुनासाहरु समेत गरिरहेका छन् ।

वडा नम्बर ८ का कमल न्यौपानेले ऐश्वर्य टोलमा रहेको शिव मन्दिरको पर्खाल निर्माण र माटो भरानको विषयमा फोटो पठाउँदै चासो व्यक्त गरे । ‘यो परियोजनाको अवलोकनको क्रममा काम सञ्चालित अवस्थामा देखियो ।

स्थानीयको भनाई अनुसार एक दिन माटो ल्याएर फालियो । धेरै दिन भयो काम सुरु भएको छैन् ।’ भनेर न्यौपाले पठाएको गुनासोलाई नगरपालिकाले तत्कालै जवाफ पठायो । ‘ईस्टिमेट परिवर्तन गर्नुपर्ने भएकोले केही दिन ढिलो भएको हो । सोमवारदेखि काम नियमित रुपमा सुरु हुन्छ ।’– धनगढी उपमहानगरपालिकाको प्राविधिक फाँटबाट उपभोक्ता समितिका अध्यक्षलाई सोधेर जानकारी गराएको छ । 

भौतिक विकासलाई प्रविधिसँग जोडेर आईएमएस प्रणालीको विकास अघिल्लो बर्षको भदौमा सुरु भएपनि गुनासाहरु भने अघिल्लो मंसीरको अन्तिम दिनदेखि आउन थालेको छ । जुन प्रणाली मार्फत् धनगढी उपमहानगरपालिकाको सबै वडाको भौतिक पूर्वाधार विकास र वित्तीय प्रगति विवरण हेर्न सकिन्छ ।


भौतिक विकासलाई प्रविधिसँग जोडेर आईएमएस प्रणालीको विकास अघिल्लो बर्षको भदौमा सुरु भएपनि गुनासाहरु भने अघिल्लो मंसीरको अन्तिम दिनदेखि आउन थालेको छ । जुन प्रणाली मार्फत् धनगढी उपमहानगरपालिकाको सबै वडाको भौतिक पूर्वाधार विकास र वित्तीय प्रगति विवरण हेर्न सकिन्छ ।

बजेट छनौट प्रक्रियादेखि नै सो प्रणालीमा इन्ट्री गरिने हुँदा वडा स्तरको बजेट कार्यक्रम, भौतिक प्रगति विवरण देखाउँछ । आईएमएस प्रणाली सुरु भएपछि अघिल्लो बर्षको मंसीर २९ गते पहिलो गुनासो आएको थियो ।

वडा नम्बर १७ का विजय रानाले अस्पष्ट फोटो पठाउँदै क्वालिटी भनेर लेखी पठाएकोमा कुनै विवरण उल्लेख नगरिएकोले त्यसलाई अस्वीकार गरिएको थियो । पहिलो गुनासो सम्बोधन भने अघिल्लो बर्षको पुस १३ गते गरिएको थियो ।

वडा नम्बर १ को संकेत मेडिकल हलदेखि केदार टोलसम्मको निर्माणसम्बन्धी कमल रेग्मीको एक सय घरसम्म लाभान्वित हुने परियोजना चाँडो र कहिलेसम्म बन्ने हो ? भन्ने गुनासोलाई सम्बोधन गर्दै उपमहानगरपालिकाले समयमै पुरा हुन्छ भनेर गुनासोलाई सम्बोधन गरेको छ । 


नगरपालिकामा नगर प्रमुखको संयोजकत्वमा संयन्त्र गठन भएको हुँदा भौतिक पूर्वाधार विकासको गुणस्तरबारे सम्बन्धित सरोकारवाला निकायलाई आम उपभोक्ता र नगरवासीहरुले अनलाईन तथा मोबाईल एप्स मार्फत् नै गुनासो गरिरहेका छन् ।

पछिल्लो डेढ वर्षमा यो प्रणालीमा १ सय ५० ओटा सुझाव र गुनासो आएको धनगढी उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत सुयश चन्दले बताए । ‘डेढ वर्षमा यो प्रणालीमा डेढ सयभन्दा वढी गुनासा र सुझावहरु आएका छन् । हामीले सम्बन्धित गुनासाहरुलाई तत्कालै सम्बोधन गरिरहेका छौं ।

सम्बोधन गर्नु नपर्ने गुनासाहरु पनि आउँछन । तिनीहरुको जवाफ हामीले दिदैनौं ।’ उनले भने–‘ सो प्रणाली सञ्चालन गरिसकेपछि सुझाव र गुनासाहरु राख्न नगरपालिकामै धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अनलाईन मार्फत वा मोवाईल एप्स मार्फत नै उपमहानगरपालिकासँगका गुनासाहरु जहाँ पनि राख्न सकिन्छ । तर गुनासाहरु कम आईरहेकोले यसको प्रचार प्रसार गर्न जरुरी रहेको छ ।’ 


नेपालमै पहिलो पटक लागु गरिएको यो प्रविधिले पूर्वाधार सम्बन्धी सम्पूर्ण तथ्यांक संकलन गर्ने हुँदा सुशासनलाई समेत प्रवद्र्धन गर्ने दाबी गरिएको छ । विकास निर्माणमा हुने ठूलो आर्थिक चलखेल र न्यून गुणस्तरीय कामको अन्त्य गर्न लागु गरिएको यो प्रणालीले नगर क्षेत्रमा भइरहेका कामहरुको लागत, ठेक्का मिति, अन्तिम समय, लागतको अवस्था ईन्टरनेटको माध्यमबाट अहिले सर्वसाधारणले जानकारी लिईरहेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ का गोरख सार्कीले धनपति ढुंगेलको घरदेखि उत्तर जाने सडकमा पक्की नाली निर्माणको काम हुँदैछ, नगरपालिकाबाट प्राविधिकहरु निरीक्षण गर्न आउनु पर्ने समितिको माग छ भनेर लेखिएको सुझावलाई स्वीकार गर्दै उपमहानगरपालिकाले सम्बन्धित प्राविधिकलाई फिल्डमा तत्काल पठाईएको छ भन्ने प्रतिक्रिया दिएको छ ।

त्यस्तै वडा नम्बर ३ की पुनम सावदले संगम युवा क्लबको भवन मर्मतको काम अधुरै रहेको विषयमा एप्समा राखेको जिज्ञासामा उपमहानगरपालिकाले उपभोक्ता समितिीलाई काम ढिलोे हुनुको कारण सोधी चाँडो काम गर्न निर्देशन दिईको छ । होली लगत्तै काम सुरु गर्ने प्रतिवद्धता जाहेर भएको छ भनेर उत्तर पठाएको छ । 


देशभरका ७५३ वटा स्थानीय तहमध्ये धनगढी उपमहानगरपालिकालाई नेपालकै पहिलो प्रणालीको रूपमा लिईरहेकोमा यो प्रणाली मार्फत नगरवासीहरुका गुनासाहरुको सम्बोधनको काम भईरहेको ग्राम विकास तथा अनुसन्धान केन्द्र सुशासन परियोजनाका जिल्ला संयोजक ठाकुर करिया प्रधानले बताए  ।

‘विकास निमार्णमा ठुलो आर्थिक चलखेल हुने र न्यून गुणस्तरीय काम भएका गुनासाहरू आईरेहका छन् । विकास निर्माणका कामहरुलाई प्रभावकारी बनाउनको लागि यो एप्सले महत्वपूर्ण कार्य गरिरहेको छ । यो प्रणालीले नागरिकहरुको संग्लनतामा पनि वृद्धि गराउँदै लगेको छ ।, उनले भने– ‘सुशासन परियोजनाले पूर्वाधार व्यवस्थापन प्रणालीलाई अझै थप व्यवस्थित गरेर अघि बढाउने तयारीमा हामी लागेका छौ ।

यसको वारेमा सवै नगरवासीहरुलाई जानकारी गराउने तर्फ पनि हामीले ध्यान दिने प्रयास गरिरहेका छौं ।’ 
धनगढी उपमहानगरपालिकाको भौतिक र वित्तीय प्रगति विवरण मोबाईल मार्फत हेर्न र लागेको गुनासो राख्न पाईएको छ । अनलाइन पूर्वाधार व्यवस्थापन प्रणाली ष्mक।कगकबकबल।यचनरमजबलनबमजष्  लगअन गरेर अथवा मोबाइल एप्सबाट हेर्न सकिने हुँदा यसको प्रभावकारीता वढ्दै जाने विश्वास सरोकारवालाको रहेको छ ।

प्रविधिलाई पुछ्याउन नसक्दा विकास निर्माणको आयोजनामा पारदर्शिता, गुणस्तर लगायत सवालमा प्रश्न चिह्न उठ्दै आएकोले प्रविधिलाई आत्मसाथ गरेपछि विकास निर्माणका कामा सुधार भएको र यसले गुणस्तरीय काम गर्नका लागि सवैलाई झक्झकाएको धनगढी उपमहानगरपालिका मेयर नृपवहादुर ओडले बताए ।

‘यस प्रणालीमा आएका गुनासाहरूको जवाफ तत्कालै दिएर समस्या हल गर्ने कार्य गरिरहेका छौ । विगतमा निमार्ण प्रक्रियामा हुने ढिला सुस्ती अनियमितता र अपारदर्शीता अन्त्य हुने विश्वास लिएका छौ’, मेयर ओडले भने– ‘बिगतका दिनहरुमा कागजमै काम सम्पन्न गरेर भुक्तानी बुझ्नेहरुलाई सबैभन्दा ठूलो झड्का लागेको छ । जनताको निगरानीमा काम हुने भएपछि ढिलासुस्ती, गुणस्तरहीन र लापबाही गर्ने अवस्था छैन ।’ 


नगर प्रमुख वडले उपमहानगरपालिकाले सूचना प्रविधिलाई अवलम्बन गरि आफ्नो डाटा पोर्टलबाट नगर सभाबाट हुने विभिन्न किसिमका निर्णय, बजेट, योजना लगायत कार्य सम्पादनका गतिविधी जनमानसमा सजिलै पु¥याइरहेको दाबी गरे । ‘धनगढी उपमहानगरको आफ्नै डाटा पोर्टल छ’, नगर प्रमुख वडले भने–‘यसले नगरपालिकाबाट सम्पादन हुने कार्य र नगर सभाबाट पारित भएका विभिन्न किसिमका ऐन कानून, योजना छनौट, सम्झौता, बजेट, लागत स्टिमेट लगायत आम जनता डाटा पोर्टलकै माध्यमबाट जानकारी पाइरहेका छन् ।’

धनगढी उपमहानगरपालिकाले सूचना तथा प्रविधिकै माध्यमबाट जनप्रतिनिधि र स्थानीय सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने भएकोले यो डाटा पोर्टलबारे आम जनतासामू पु¥याउन सवै सरोकारवालालाई प्रचार प्रसार गरिदिन आग्रह समेत गरेको छ । (लेखनवृतिका लागि तयार गरिएको समाचार फिचर)