एनसेलले ल्यायो युवालक्षित ‘सही यो ! पावर सिम’ हेर्नुहोस् यस्ता छन सुविधा !

एनसेलले ल्यायो युवालक्षित ‘सही यो ! पावर सिम’ हेर्नुहोस् यस्ता छन सुविधा !

नेपाली युवाले अब एनसेलको नयाँ सिम योजनाबाट फाइदा लिन सक्नेछन् । एनसेल प्रालीले विभिन्न सेवाहरूको बन्डलिङ सहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ ल्याएको छ । यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवाहरू लिन सक्नेछन् ।

पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो निःशुल्क सुचारु गर्न सकिने र प्रत्येक सय रुपैयाँ मुख्य ब्यालेन्सको खर्चमा डाटा बोनस पाउने यो सिमका विषेशता हुन् ।यसबाहेक ग्राहकले बोनसका रूपमा गेमिङ र म्युजिकको मजा लिन पाइने आकर्षक डाटा प्याकहरुबाट फाइदा लिन सक्नेछन् ।

ग्राहकहरूले कर सहित मात्र ९९ रुपैयाँमा बिहीबारबाट यो सिम लिन सक्नेछन् । यो सिम माग्राहकले २० रुपैयाँको मुख्य ब्यालेन्स सहित सात दिन समयावधि रहेको पाँच सय एमबी डाटा (२५० एमबी फोरजी सहित), १० मिनेट अन नेट टक टाइम र सय वटा अन नेट एसएमएस पाउनेछन् ।

सिमसँगै बन्डल भइ आउने पीआरबीटी (सेवा र स्वतः आउने टोन) स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो सेवाहरू सिम सुचारु भएको मितिबाट ३० दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ । 

यस नयाँ स्टार्टर प्याक योजनामा ग्राहकले सुरु गरेको दिनको मध्यरातभित्रै १०० रुपैयाँ वा त्योभन्दा माथिको ब्यालेन्स रिचार्ज गरेको खण्डमा ३० दिनसम्म प्रत्येक दिन एक सय ५० एमबी डाटा बोनस र माइफाइभ सेवा १२ महिनासम्मका लागि पाउनेछन् ।

प्रत्येक दिन पाइने एक सय ५० एमबी डाटाको समयावधि त्यही दिनको मध्यरातसम्म हुनेछ । माइ फाइभ सेवाअन्तर्गत पहिलो एक महिनाका लागि पाँच माइ फाइभ नम्बरहरूमा बिना कुनै शुल्क कुरा गर्न सकिनेछ भने बाँकी ११ महिना ती नम्बरहरूमा मात्र ९९ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको लाभ लिन सकिनेछ । 

यसका साथै यो योजना अन्तर्गत ग्राहकले प्रत्येक सय रुपैयाँको खर्चमा पाँच सय एमबी (२५० एमबी अलटाइम र २५० एमबी फोरजी) बोनस डाटा १२ महिनासम्म प्राप्त गर्नेछन् । 

‘सही यो! पावर सिम’ प्रयोग गर्ने ग्राहकका लागि आकर्षक डाटा प्याक पनि छन् । ग्राहकले *17103# (एस्ट्रिक्स १७१०३ ह्यास) डायल गरी गेमिङ प्याक र म्युजिक प्याक खरिद गर्न सक्नेछन् । ग्राहकले करबाहेक एक सय १० रुपैयाँमा गेमिङ प्याक सुरु गर्न सक्नेछन्, जस अन्तर्गत सात दिन समयावधि रहेको दुई जीबी प्राप्त गर्नेछन् । 

यसका साथै सात दिनसम्म डिजिटल सर्भिस (प्ले लाइभ, गेम्स पार्क र गेम्स प्लस) निःशुल्क सुरु गर्न सक्नेछन् । त्यस्तै, ग्राहकले कर बाहेकमात्र एक सय ५ रुपैयाँमा म्युजिक प्याक सुरु गर्न सक्नेछन् ।

म्युजिक प्याक अन्तर्गत ग्राहकले सात दिन समयावधिको २ जीबी डाटा प्राप्त गर्नेछन् । यसका साथै सात दिनसम्म डिजिटल सर्भिस (हङ्गामा म्युजिक प्रो र दामी म्युजिक) निःशुल्क सुरु गर्न सक्नेछन् ।