दार्चुला कैलाली विद्यार्थी सम्पर्क मन्चद्धारा दृष्टि फाउन्डेसनलाई सहयोग

दार्चुला कैलाली विद्यार्थी सम्पर्क मन्चद्धारा दृष्टि फाउन्डेसनलाई सहयोग

धनगढी : दार्चुला कैलाली विद्यार्थी सम्पर्क मन्चले धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ । मन्च गठन भएको एक हप्ता नपुग्दै आफ्नो पहिलो कार्यक्रमका रुपमा फाउन्डेसनमा भान्सांमा काम लाग्ने समाग्री बितरण गरेको हो ।

समाजिक काम गर्नका लागि केही दिन पहिला मात्रै कार्यसमिति निर्माण गरेको उक्त समितीले अझै यस्तै काम गर्दै जाने जनाएको छ । सामाजिक काम क्षेत्रमा यस्ता विभिन्न कार्यक्रम गर्दै जाने उक्त मञ्चले प्रतिबद्धता जनाएको छ ।

उक्त सहयोग कार्यक्रममा समितिका सल्लाहकार, समिती संयोजक र अन्य सदस्यहरको पनि सहभागिता रहेको थियो ।