गोदावरीमा मोटरसाईकल दुर्घटना हुँदा गम्भिर घाईते भएका दुवै जनाको मृत्यु

गोदावरीमा मोटरसाईकल दुर्घटना हुँदा गम्भिर घाईते भएका दुवै जनाको मृत्यु

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा गम्भिर घाईते भएका दुवै जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिकाको गोदावरी हनुमान मन्दिर नजिक से ३ प ३३६५ नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाईते भएका दुवै जनाएको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का श्याम कुमार कुँवर र मोटरसाईकलमै सवार अर्का जनाको मृत्यु भएको जानकारी दिनु भएको छ ।

उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।