लामाे दूरीका सार्वजनिक गाडी चलाउन नपाइने, अन्तर्राष्ट्रिय उडान बन्द हुने

लामाे दूरीका सार्वजनिक गाडी चलाउन नपाइने, अन्तर्राष्ट्रिय उडान बन्द हुने

सरकारले आउँदो १० गतेदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । प्रधानमनत्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै यस्तो जानकारी गराउनुभएको हो । 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द हुने जानकारी दिनुभयो । 

प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख केही बुँदा :

· नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।
· सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ ।
· देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।
· आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।
· मानिसहरुको भिडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।
· विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।