इटालीमा एकै दिन ६२७ जनाको मृत्यु

इटालीमा एकै दिन ६२७ जनाको मृत्यु

 इटालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो ।यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । इटलीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् भने तीमध्ये २ हजार ६ सय ५५ जनाको अवस्था गम्भीर छ ।


इटलीको उत्तरी क्षेत्र लोम्बार्डीको अवस्था दर्दनाक छ । इटलीमा कोरोनाको पहिलो संक्रमण लोम्बार्डीमै पुष्टि भएको थियो । कोरोना संक्रमण रोकथाम र बिरामीको उपचारका लागि इटलीमा खटिएका चिनियाँ विशेषज्ञको टोलीले लोम्बार्डीमा लगाइएको प्रतिबन्ध कडा र पर्याप्त नभएकोसमेत बताएका छन् ।

अवस्था भयावह बनेपछि इटली सरकारले अब प्रतिबन्ध कडा गर्न सेनालाई परिचालन गर्ने तयारीसमेत गरेको सीएनएनको समाचारमा उल्लेख छ । इटलीका राष्ट्रपतिले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा सेना परिचालनलाई स्वीकार गरिएको बताएका हुन् ।

उनले भनेका छन्, ‘सेना प्रयोग गर्ने अनुरोध स्वीकार गरिएको छ । तत्काललाई लोम्बार्डीमा ११४ सेना खटिने छन् । यो संख्या थोरै भए पनि सकारात्मक छ ।