डोटी चेम्बर अफ कमर्शद्वारा निःशुल्क मास्क वितरण

डोटी चेम्बर अफ कमर्शद्वारा निःशुल्क मास्क वितरण

 

डोटी- विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड–१९) बाट जोगिन भन्दै डोटी चेम्बर अफ कमर्सले निःशुल्क मास्क वितरण गरेको छ।डोटीको पिपल्ला क्षेत्रमा हेल्थ डेस्क स्थापना गरेको चेम्बर अफ कमर्शले शनिबार भारतबाट आएका नेपालीलाई ५ सय थान मास्क वितरण गरेको डोटी चेम्बर अफ कमर्शका सचिव तेजबहादुर डुम्रेलले जानकारी दिए।

रोजगारीको शिलशिलामा भारतका विभिन्न शहरहरुमा काम गर्दै आइरहेका नेपालीहरु घर फर्कने क्रम बढीरहेको र सोे समयमा सर्तक रहनुपर्ने भन्दै मास्क वितरण गरिको उनले बताए। डुम्रेलले आगामी दिनहरुमापनि उक्त कार्यलाई निरन्तरता दिने बताए।