कोरोना नियन्त्रण तथा उपचार कोषमा एनसेलको १० करोड

कोरोना नियन्त्रण तथा उपचार कोषमा एनसेलको १० करोड

सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ सहयोग गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोडको चेक हस्तान्तरण गर्नुभएको हो । 

कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै सङ्क्रमित बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा लिएको छ ।

सहयोगले कोरोना भाइरसको नियन्त्रण तथा उपचारमा ठूलो भूमिका खेल्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताउनुभयो । 

आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गर्न प्रयासरत रहने एनसेलले जनाएको छ ।