दार्चुलाको व्याँस गाउँपालिकाद्धारा मास्क उत्पादन सुरु

दार्चुलाको व्याँस गाउँपालिकाद्धारा मास्क उत्पादन सुरु

दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकाले मास्क उत्पादन सुरु गरेको छ । कोरोना भाईरसको सन्त्रासका कारण मास्कको अभाव हुन थालेपछि गाउँपालिकाले मास्क उत्पादन गर्न थालेको हो ।

बजारमा मास्क पाइन छाडेपछि पालिकाले स्थानीय ५ जना टेलर्सहरु मार्फत मास्क उत्पादन सुरु गरेको व्याँस गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले बताए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) नेपालमा पनि सङ्क्रमण फैलिने सम्भावना देखिएपछि स्थानीयलाई वितरण गर्न सकिने गरी दुई हजार मास्क उत्पादन गर्ने काम भइरहेको उहाले बताए ।

कोरोनाका त्रासका बिच बजारमा मास्कको अभाव तथा चर्को मूल्यमा किनबेच भएपछि पालिकाले आफै उत्पादनमा ध्यान दिएको उहाले बताए ।