एनटिसीको बोनस राति १२ बजेबाट लागू, बोनस शतप्रतिशत, सापटी नदिने

एनटिसीको बोनस राति १२ बजेबाट लागू, बोनस शतप्रतिशत, सापटी नदिने

नेपाल टेलिकमले बोनस योजना आज (बुधबार) राति १२ बजेबाट लागू गर्ने बताएको छ। सापटी सेवा भने हाललाई नदिने योजना बनाएको टेलिकमका निर्देशक डिल्लीराम अधिकारीले बताए।

‘सापटीमा धेरै उपभोक्ताको गुनासो आएको छ। सबैलाई सापटी लिएर चलाएको थाहा हुँदैन, पछि एकैपटक पैसा काटिदाँ एनटिसीले त्यसै पैसा काट्यो भन्दै फोन आउँछ,’ निर्देशक अधिकारीले भने, ‘त्यसैले यो सेवा हाललाई नदिने योजना बनाएका छौं, पछि विचार गर्छौं।

’मंगलबार बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस र २ सय रूपैयाँसम्म ऋण दिन निर्देशन दिएको थियो।