'लकडाउन'मा एनसेलको अफर:२३० रुपैयाँमा १५ जिबी डेटा, ८० रुपैयाँ सापटी

'लकडाउन'मा एनसेलको अफर:२३० रुपैयाँमा १५ जिबी डेटा, ८० रुपैयाँ सापटी

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रादयक एनसेलले 'लकडाउन' अवधिका लागि भन्दै ग्राहकका लागि अफर ल्याएको छ। कम्पनीले सस्तो डेटा तथा अन्य सुविधा थप गरेको जानकारी दिएको छ।

एनसेलले घर बसौं,कामसँगै फन पनि नछोडौ भन्ने अफर ल्याएको छ। यो अफरमा २३० रुपैयाँमा १५ जिबी डेटा पाइने छ। यो अफरमा प्रति जिबी डेटाको मूल्य १५ रुपैयाँ पर्ने छ।

सात दिनका लागि मान्य हुने यो प्याकेजमा लिएको डेटामध्ये ५ जिबी भने फोरजी नेटवर्कमा मात्र चल्ने छ। बाँकी १० जिबी भने थ्रीजी वार फोरजी दुबैमा चल्ने छ। यो प्याकेज लिनका लागि *१७१२३# डायल गर्नुपर्ने छ।

त्यस्तै कम्पनीले लकडाउन अवधिमा फोन गर्दा ब्यालेन्स सकिएमा ८० रुपैयाँ सापटी दिने भएको छ। यसअघि एकपटकमा ४० रुपैयाँ दिंदै आएको कम्पनीले यसमा थप गरेको हो। सापटी लिनका लागि *९९८८# डायल गर्नुपर्छ।

लकडाउनको समयमा रिचार्ज गर्नका लागि अनलाइन भुक्तानीका माध्यम प्रयोग गर्न एनसेलले ग्राहकलाई आग्रह गरेको छ। एनसेलको एप तथा वेबसाइटमा गएर डेविट वा क्रेडिट कार्डबाट लोड गरेर सिधै भुक्तानी वा अन्य मोबाइल वालेट वा मोबाइल बैंकिङको माध्यमबाट रिचार्ज गर्न कम्पनीले आग्रह गरेकोछ।

त्यस्तै कम्पनीले ब्यालेन्स ट्रान्सफर सेवालाई निशुल्क गराएको छ। यसमा कुनै पनि ब्यालेन्स भएको व्यक्तीले नभएको एनसेल नम्बरमा ट्रान्सफर गर्नसक्छन्।

यसमा दिनमा २० पटक, प्रति ट्रान्सफलर ५ सय रुपैया र दिनमा १० हजार रुपैयाँसम्म निशुल्क ट्रान्सफर गर्नसकिने छ। एनसेल नम्बरबाट एनसेल नम्बरमा ट्रान्सफर गर्नका लागि *१७१२२# मोबाइल नम्बर*पठाउने रकम# डायल गर्नुपर्छ अथवा एनसेलको एपबाट सिधै ट्रान्सफल पनि गर्नसकिन्छ।