प्रधानमन्त्री ओली दसैं शुभकामना दिन झापा जाँदै

प्रधानमन्त्री ओली दसैं शुभकामना दिन झापा जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली दसैं को शुभकामना दिन बिहीबार झापा जाँदै छन्।  

महानवमीको अवसरमा बिहीबार बिहान झापा गएर अपरान्ह राजधानी फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

झापामा रहदा प्रधानमन्त्री ओलीले चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा आयोजित कार्यक्रममा सहभागिता जनाउने छन् ।

जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन गरेपछि प्रधानमन्त्री ओली विर्तामोडमा दसैं शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनेछन् ।