आठ महिने शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ

आठ महिने शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ

धनुषा – महोत्तरीको औरही नगरपालिकाकी ८ महिने शिशु सोनाली चौधरीको हत्याको अभियोगमा पक्राउ परेका छन् । सोनालीको हत्या भएको झण्डै २ महिनापछि महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वाका २५ वर्षका भरत साह पक्राउ परेका हुन् ।

सोनालीलाई बलात्कार गरी हत्या गरेर फरार रहेका उनलाई सुनसरीको इनरवा भण्टाबारीबाट प्रहरीले पक्राउ गरेको हो । भण्टाबारी प्रहरी चौकीको टोलीले शिशु हत्याको अभियुक्तलाई पक्राउ गरेको हो ।

 महोत्तरीको भंगहा प्रहरी चौकीमा केही महिना अघि इन्चार्जको रुपमा कार्यरत प्रहरी सहायक निरीक्षक अवधलाल साहको टोलीले पक्राउ गर्न सफल भएको जनाइएको छ ।पक्राउ परेका हत्यारा साहलाई महोत्तरी ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ ।साभार :  उज्यालो अनलाइन