दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर एकको मृत्यु

दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर एकको मृत्यु

दार्चुला; दार्चुलामा भिरबाट खसेको ढुंगा लागेर गम्भिर घाइते भएका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–८ का ५५ वर्षीय गणेश सिंह बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सोमवार बाख्रा चराउन जंगल गएका बेला भिरबाट खसेको ढुंगा लागेर गम्भिर घाइते भएका बोहराको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको जिल्ला कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो। 

भिरबाट खसेको ढुंगाले बोहराको ढाड तथा हातखुट्टामा गम्भिर चोट लागेको उहाले बताउनुभयो । गम्भिर घाइते बोहरालाई उपचारका लागि जिल्ला अस्पताल ल्याएको तथा उपचारकै क्रममा दिउँसो मृत्यु भएको उहाले बताउनुभयो । मृतकको शव जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।