नेट म्याक्सको ईन्टरनेट सेवा अव धनगढीमा

नेट म्याक्सको ईन्टरनेट सेवा अव धनगढीमा

धनगढीः इन्टरनेट सेवा प्रदायक कम्पनी नेट म्याक्स टेक्नोलोजिले धनगढीमा पनि सेवा सुरु गरेको छ । 

यसअघि काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्रै सेवा प्रदान गर्दै आइरहेको नेट म्याक्स टेक्नोलोजिजले पत्रकार सम्मेलन मार्फत धनगढीमा पनि सेवा सुरु गरेको जनाएको हो । 

कर्पोरेट र घरलाई लक्षित गरी विभिन्न अफरहरु ग्राहकलाई प्रदान गरिने जनाइएको छ ।

अप्टीकल फाईवर र वायरलेस प्रविधि बाट द्रुतगतिको इन्टरनेट सेवा उपलब्ध गराइरहेको नेट म्याक्सका प्रमुख कार्यकारी निर्देशक नरेश चन्दले जानकारी दिए । 

उनले न्यूनतम मूल्यमा उच्चस्तरीय सेवा प्रदान गरिने बताए ।