छ लेन सडक निर्माण कछुवा गतिमा

छ लेन सडक निर्माण कछुवा गतिमा

धनगढी : सुदूरपश्चिम प्रदेशको विकाश र सम्बृदिसग जोडिएको मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माण कार्यमा ढिलाई भएको छ । ६ लेन सडक निर्माण सुरु भएको १६ महिनामा २० प्रतिशत मात्र काम भएको छ । 

०७६ जेठमा सक्नुपर्ने आयोजनाको हालसम्मको प्रगति हेर्दा आयोजनाको काम समयमै सम्पन्न नहुने देखिएको आयोजनाले जनाएको छ । 

निर्माण कार्यमा ढिलाई हुदा सर्वसाधारणलाई हिडडुल गर्न सास्ती भएको छ । 

६ लेन सडकसँगै जोडिएका पसलहरूको व्यापार धुलो र हिलोले चौपट्टै भएको छ । 

६ लेनको सडक निर्माण सुरु भएपछि व्यापार व्यावसाय चौपट भएको बताउने व्यवसायीले व्यापार व्यवसाय ठप्प हुँदा भाडा तिर्नसमेत समस्या भएको बताएका छन । 

६ लेन सडक निर्माणपछि व्यापास चौपट भयो । ग्राहक छैनन, धुरै धुलो हुन्छ पसलमा ।’ धनगढी राजपुरस्थित ६ लेन सडक छेउमा व्यापार गर्दै आएका हर्क जप्रेलले गुनासो गर्नुभयाे । 

धनगढी चटकपुरमा अर्का व्यापारी रमेश केसीले भन्नुभयाे ‘घाम लाग्यो भने धुलै धुलो हुन्छ । सामान्य पानीमा हिलै हिलो हुन्छ । कसरी व्यापार गर्नु । विहान पसलमा राखेको सामान साझँ पुरानो भई हाल्छ।’
सडक निर्माणमा भइरहेको ढिलाइले सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । 

ठेकेदार र सरोकारवाला निकायका कारण स्थानीयबासिन्दाले एक वर्षदेखि धुलो र हिलो खेप्नुपरेको परेको छ । 

प्रदेशकै प्रमुख व्यापारिक केन्द्र धनगढी भएकाले यो सडकमा बस, ट्रक, ट्याक्टर, मोटरसाइकललगायत दैनिक सयौँ सवारीसाधन गुड्छ्न । 

बोराडाँडी, राजपुर, गेटालगायत क्षेत्रका स्थानीय दैनिक साइकल र पैदल ओहोरदोहोर गर्छन ।
गे

टाका राम बहादुर चौधरीले निर्माण कार्यमा ढिलाई हुदा घाम लागेमा धुलै धुलो र सामान्य पानी परे पनि हिलै हिलो हुने गरेको बताउनुयाे । 

‘कहिले हिलो त कहिले धुलोले हिडनै सकिन्न । निर्माण कार्यमा भएको ढिलाईले साह्रै समस्या भएको छ।

’ चौधरीले भन्नसभयाे ‘चाडो सडक निर्माण कार्य सकिएको भए सुविधा हुन्थ्यो ।’ 

अत्तरीयाका लागि लाल बहादुर खडकाले सडक निर्माणमा तिव्रता दिन आग्रह गर्नुभयाे । 

‘ठेकेदारको लापरवाहीका कारण सडक निर्माणमा ढिलाई भईरहेको छ । सरोकारवालाले पनि ठेकेदारलाई चाडो निर्माणका लागि दवाव दिनुप¥यो, निर्देशन दिनुपर्ने खडकाकाे भनाइ रहेकाे छ ।

धनगढी–काठमाडौ चल्ने बसका चालक रविन्द्र शाहले निर्माणाधि मोहनापुल–अत्तरीया सडकमा गाडी चलाउन निकै समस्यम हुने गरेको बताएका छन । 

‘गाडीको जाम हुन्छ । कुन ठाउ खाल्डो छ । ढुङगा छन भन्ने थाहा नै हुदैछ ।’ उहाँले भन्नुभयाे ‘सडक निर्माण कार्य चाडो सम्पन्न भएर छ लेन सडकमा निर्धक्क भएर गाडी चलाउने रहर छ ।’

६ लेन सडक निर्माण सुरु भएको १६ महिनामा २० प्रतिशत मात्र काम भएको मोहनापुल–अत्तरीया छ लेन सडक आयोजनाले जनाएको छ ।  

०७६ जेठमा सक्नुपर्ने आयोजनाको हालसम्मको प्रगति हेर्दा आयोजनाको काम समयमै सम्पन्न नहुने देखिएको आयोजना प्रमुअ मनिष कुमाश शाहले बताउनुभयाे । 

सडक क्षेत्र समयमै खाली गराउन नसक्नु नै सडक निर्माण ढिलाई मुख्य कारणको रुपमा लिईएको छ । 
यसअघि केही घर धनीले मुआब्जा पाउनुपर्ने भन्दै मुद्धा दायर गरेपछि सडक निर्माणको कार्य रोकिएको थियो ।

खानेपाली, विजुलीका लाईन सोर्ने कार्यमा ढिलाई भएका कारण समस्या भएको हो । 

सडक क्षेत्रमा परेका कतिपय घर अहिलेसम्म भत्काईएका छैनन । १ अर्ब ६८ करोड रुपैयाँ लागत रहेको आयोजनाको काम ३ खण्डमा विभाजन गरेर भइरहेको छ । 

धनगढीको भन्सार रोडस्थित मोहना पुलदेखि अत्तरिया चोकसम्म १४.२ किलोमिटर लम्बाइ रहेको सडकको चौडाइ ३२. २ मिटर रहनेछ ।