आजदेखि काठमाडौंमा साझाका बिजुली बस गुडे

आजदेखि काठमाडौंमा साझाका बिजुली बस गुडे

काठमाडौं : साझा यातायातले मंगलबारदेखि बिजुलीबाट चल्ने बस सञ्चालनमा ल्याएको छ ।

काठमाडौं उपत्यकामा चल्ने बसको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा उहाँले सन् २०२० सम्ममा कम्तीमा २० प्रतिशत विद्युतीय बस चल्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विद्युतीय बसको प्रयोगले वातावरण संरक्षणमा टेवा पुग्ने उल्लेख गर्नुभयो । विद्युतीय बस सेवाको उद्घाटनपछि प्रधानमन्त्री ओली त्यही गाडी चढेर ललितपुरको पुल्चोकबाट सिंहदरबार पुग्नुभएको थियो ।

साझा यातायातले चिनियाँ कम्पनी बीवाईडीले निर्माण गरेका पाँचवटा बसबाट यो सेवा शुरु गरेको हो । अहिले दुईवटा बस काठमाडौं आइपुगेको र अरु तीनवटा बस ल्याउने प्रक्रियामा रहेको पनि साझा यातायातले जनाएको छ ।

साझाले विद्युतीय बस काठमाडौंपछि लुम्बिनीमा पनि चलाउने तयारी गरेको छ ।साभार : उज्यालो अनलाइन