कोरोना भाइरसः पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ५० नाघ्यो

कोरोना भाइरसः पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ५० नाघ्यो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो रुपमा देखिएको छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५३ पुगेको हो ।

पाकिस्तानमा एकैदिन ६०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ हजार ७६६ पुगेको छ ।पाकिस्तानमा संक्रमितमध्ये २५९ जना उपचारपछि निको भएका छन् । ३ हजार ४५४ जना उपचाररत छन् । उनीहरुमध्ये १७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार २०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७४ हजार ६५४ पुगेको छ ।