काेराेनाविरुद्ध लड्न भारतीय प्रधानमन्त्री सहित सबै सांसदकाे तलब ३० प्रतिशतले कटाैती गर्ने निर्णय

काेराेनाविरुद्ध लड्न भारतीय प्रधानमन्त्री सहित सबै सांसदकाे तलब ३० प्रतिशतले कटाैती गर्ने निर्णय

काेराेना भाइरस (काेभिड १९) ले महामारीको रूप लिन लागेको भन्दै भारतको मन्त्रिपरिषद्ले प्रधानमन्त्री नरेन्द्र मोदी सहित सबै मन्त्री र राज्यमन्त्रीको तलब ३० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।

यसका साथै राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालले पनि एक वर्षसम्मको तलब ३० प्रतिशत कम लिने निर्णय गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालले भने यो निर्णय स्वैच्छिक गरेकाे खबरमा उल्लेख छ । यो रकम केन्द्र सरकारले कोभिडविरुद्धको अभियानमा खर्च गर्नेछ । यो अभियानमा केन्द्र सरकारले सांसदको तलब पनि ३० प्रतिशतले घटाउने निर्णय गरेको छ ।

त्यसैगरी आउँदो दुई वर्षका लागि संसदीय क्षेत्र विकास कार्यक्रमअन्तर्गत उपलब्ध हुने रकम पनि कटौती भएको केन्द्रीय मन्त्री प्रकाश जावडेकरले जानकारी दिएका छन् ।

'याे कटाैती २०२० अप्रिल १ तारिखदेखि लागु हुनेछ र वर्ष २०२०-२०२१ सम्म रहनेछ । साथै उनीहरुले प्राप्त गर्ने भत्ता पनि कटाैती गरिनेछ', उनले भने ।