मैल देखेको छाउगोठ

मैल देखेको छाउगोठ

हाम्रो सुदूरपश्चिममा रहेको छाउपडी प्रथा सम्बन्धि केहि लेखहरु मैले पढ्ने मौका पाए । मैले पढेका लेखहरु मध्य थोरै मात्र चित्तबुझ्दा लागे र बाँकि चाहिँ स्थलगत भ्रमण नगरीकन सुनेको भरमा आफू अमेरिका र अष्ट्रेलियाजस्ता शहरमा बसेर लेखेको भान भयो ।

हाम्रो सुदूरपश्चिममा हिन्दुधर्म अनुसार महिनामा एक पटक हुने रक्तस्रावका कारण तीन दिनका लागि छुट्टै सुत्ने, खाने र बस्नुपर्ने नियम छ । रक्तस्राव भएको अवस्थामा सामायन्य अवस्थाभन्दा अलि धेरै सरसफाइमा ध्यान दिनुपर्छ । यसै कुरालाई लेखहरुमा नकारात्मक तरिकाले यो गलत हो, यसलाई हटाउनुपर्छ अर्थात जरै देखि उखेल्नुपर्छ भन्ने आसयपूर्ण कुरा चाहिँ अलिकति मलाई चित्तबुझ्दो लागेन । कलममा विश्व बदल्ने क्षमता छ भन्ने थाहा हुँदा हुँदै गहन अध्ययन, स्थलगत भ्रमण नगरीकन यो प्रथा हटाउनुपर्छ भन्नु अलि बुद्धिमानी नहोला कि ?

परापुर्वकालदेखि चल्दै आएको यो परम्परामा केहि नकारात्मक पक्ष नहोला भन्न खोजेको होइन  तर हामीहरुले यसभित्रका नकारात्मक पक्षका आधारमा मात्रै यो प्रथा गलतै हो भन्नु पनि त ठिक नहोला । लेखकहरुका कलम हाम्रा संस्कृतिरुपि सम्पत्तिहरुलाई सुधारात्मक तरिकाले कसरी अगाडी बढाउँदै लैजाने भन्ने कुरा तिर लम्काउँदा कसो होला?

परापुर्वकालदेखि चल्दै आएको यो परम्परामा केहि नकारात्मक पक्ष नहोला भन्न खोजेको होइन  तर हामीहरुले यसभित्रका नकारात्मक पक्षका आधारमा मात्रै यो प्रथा गलतै हो भन्नु पनि त ठिक नहोला । लेखकहरुका कलम हाम्रा संस्कृतिरुपि सम्पत्तिहरुलाई सुधारात्मक तरिकाले कसरी अगाडी बढाउँदै लैजाने भन्ने कुरा तिर लम्काउँदा कसो होला ।

म सुदूरपश्चिममा जन्मेर अहिलेसम्म पनि सुदूरपश्चिममै बस्दै आइरहेकी एक महिला हुँ । मलाई हाम्रो धर्म संस्कृति अनुसार चल्दै आएको यो परम्परा नराम्रो लाग्दैन । कुनै ठाउँमा यसलाई गलत देखाइएको र गलत रुपमा व्यवहारमा अपनाइएको हुनसक्छ तर सकारात्मक र नकारात्मक पक्ष त सबै कुरामा हुन्छ नै । हाम्रो काम भनेको हाम्रो परम्परामा रहेका नकारात्मक पक्षहरुलाई हटाउँदै सामान्य र सहज रुपमा सुधारात्मक तरिकाले आफ्नो परम्परालाई जोगाइ राख्नु हो ।

मेरो जन्म डोटी जिल्लाको दुर्गम क्षेत्रमा भएको हो । मैले आफ्नो गाउँक्षेत्रमा भएको यस परम्परालाई नजिकबाट नियालेकी र भोगेकी पनि छु । आज भन्दा करिब पच्चिस वर्ष अगाडी मेरो घरमा मासिक रक्तश्रावका लागि भनेर एउटा छुट्टै कोठा बनाइएको थियो । त्याहाँ ओड्ने, ओछ्याउने, आदि जस्ता सबै कुराको राम्रो व्यवस्था थियो । यो कुरा मेरो गाउँमा सबैको घरमा हुन्थ्यो र सबैलाई त्यो कोठा प्रयोग गर्न सहज नै थियो । पानीको पनि राम्रै व्यवस्था हुन्थ्यो । गाउँमा दुई ओटा धारा थिए र दुईटै धारामा मूलकै पानी आउँथ्यो । एउटा धारा सामान्य अवस्थाका मानिसहरुकालागि हुन्थ्यो भने अर्को धारा मासिक रक्तश्राव भएको अवस्थामा प्रयोग गर्नका लागि हुन्थ्यो ।

शरिरमा भएका बिकार तत्वहरु हाम्रो रक्तश्राव मार्फत बाहिर निस्कने प्रक्रिया नै यो हो भने, सामान्य रोग प्रतिरोधात्मक क्षमता कम भएका स–साना बालबालिका र उमेर पुगेका वृद्ध–वृद्धाहरुलाई नकारात्मक असर पर्छ नछोउ भन्नु स्वभाविक नै हुनुपर्ने हो नि ।

किन यहि तीन दिनमा मात्र अरुलाई छुन पाउनु प¥यो ? चौथो दिनदेखी त जे गर्दा नि भैहाल्यो । किन तेहि तीन दिन मन्दिर जान पाउनुप¥यो ? भगवान मन्दिरमा मात्रै हुने त हैनन् ! सूर्य पनि त भगवान नै हुन् नि तिनी त आफ्नो किरण हामिकाहाँ आफै पु¥याइदिन्छन् ।

खुला आकाश मुनि र खालि जमिनमा नहिड्न त कसैले भनेको छैन । किन हामी यसो गर्दैनौँ ? किन हामीलाई जे गर्नुहुन्न भन्यो त्यहि गर्न मन लाग्छ ?

शरिरमा भएका बिकार तत्वहरु हाम्रो रक्तश्राव मार्फत बाहिर निस्कने प्रक्रिया नै यो हो भने, सामान्य रोग प्रतिरोधात्मक क्षमता कम भएका स–साना बालबालिका र उमेर पुगेका वृद्ध–वृद्धाहरुलाई नकारात्मक असर पर्छ नछोउ भन्नु स्वभाविक नै हुनुपर्ने हो नि । किन यहि तीन दिनमा मात्र अरुलाई छुन पाउनु प¥यो ? चौथो दिनदेखी त जे गर्दा नि भैहाल्यो । किन तेहि तीन दिन मन्दिर जान पाउनुप¥यो ? भगवान मन्दिरमा मात्रै हुने त हैनन् ! सूर्य पनि त भगवान नै हुन् नि तिनी त आफ्नो किरण हामिकाहाँ आफै पु¥याइदिन्छन् । खुला आकाश मुनि र खालि जमिनमा नहिड्न त कसैले भनेको छैन । किन हामी यसो गर्दैनौँ ? किन हामीलाई जे गर्नुहुन्न भन्यो त्यहि गर्न मन लाग्छ ?

यो तीन दिन भनेको त हाम्रो लागि ईश्वरको वरदान हुनुपर्ने हो । महिनाभरीको थकान मेटाएर आराम गर्ने अवस्था हुनुपर्ने हो, हरियो दुवोको चउरमा बसेर खुला आकाशमुनि आँखा बन्द गर्दै स्वर्गको आनन्द महशुस गर्ने अवस्था हुनुपर्ने हो । यदि कुनै ठाउँमा यस परम्पराका नाममा अपराध हुँदैछ या घरेलु हिंसा हुँदैछ भने त्याहाँ मानिसहरुलाई जनचेतना दिनु जरुरी छ न कि यो परम्परा नै हटाउनु । अहिले हामी कसैले संस्कृत भाषा पढ्छु भन्यो भने हाँस्छौँ किनकि हामीलाई डाक्टर, इन्जिनियर, बन्नुछ तर हाम्रै हिन्दु धर्मको अनुसरण गरिरहेका अमेरिका र जर्मनी जस्ता पश्चिमि राष्ट्रहरुमा संस्कृत यूनिभर्सिटिज खुलिसकेको कुरा हामीले मनन गर्नु जरुरी छ ।

आजको विश्वको त्रसित अवस्था देख्दा मलाई हामीहरुले नै हटाउनुपर्छ, जरै देखि उखेल्नुपर्छ, भनेको त्यहि छाउपडि प्रथाको याद आउँदैछ । हामीले समयमै आफ्नो परम्परालाई सुधारात्मक तरिकाले जोगाउन सकेको भए हामीले कोरोना भाईरस संग डराउनुपर्ने अवस्था आउने नै थिएन । यो प्रथा हटाउने नाममा छाउगोठ भत्काएर छोड्नुभन्दा प्रत्येक घरमा सौचालय र खानेपानी सहितको एउटा सुविधा सम्पन्न कोठा बनाउनै पर्ने नियम लगाएको भए अहिले प्रत्येक सुदूरपश्चिमबासीका अर्थात प्रत्येक नेपालीका घरमा आफ्नो छुट्टै “आइशोलेशन” कक्ष हुने थियो ।

हामीले अरुको भर पर्नु पर्ने थिएन र यति धेरै त्रसित पनि हुनुपर्ने थिएन होला । त्यसैले खाली सबै कुराको नकारात्मक पक्षमात्र खोतल्ने बानी छोडौँ । आफ्नो संस्कृति र सभ्यता बचाऔँ  किनकि हामीले हाम्रा संस्कृतिहरुलाई सुधारात्मक रुपमा जोगाउँदै र सकारात्मक रुपमा विकास गर्दै लैजाने हो भने कोरोनाजस्ता अरु जति नै भयानक भाइरसहरु आए पनि हाम्रा लागि सामान्य हुँदै जानेछन् ।