दक्षिण कोरियामा कोरोना संक्रमणबाट निको भएका ५१ जनामा फेरि उक्त भाइरसको संक्रमण

दक्षिण कोरियामा कोरोना  संक्रमणबाट निको भएका ५१ जनामा फेरि उक्त भाइरसको संक्रमण

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट निको भएका ५१ जनामा फेरि उक्त भाइरसको संक्रमण भेटिएको छ। यसले भाइरसविरुद्धको लडाईमा अझ चुनौति थपिएको छ।

संक्रमित सबैलाई दाइगुस्थित क्वारेन्टाइनमा राखिएको दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले बताएका छन्। दाइगु भाइरसबाट सबैभन्दा बढी प्रभावित दक्षिण कोरियाली शहर हो। भाइरसको संक्रमणबाट निको भएको भनिएको केही दिनमा परिक्षण गर्दा उनीहरुमा संक्रमण भेटिएको जनाइएको छ।

दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले ती बिरामीमा भाइरसको संक्रमणभन्दा पनि शरीरमा पहिला नै रहेका भाइरसहरु रिएक्टिभ भएको जनाएको छ। दक्षिण कोरियाका स्वास्थ्य वैज्ञानिकहरुले मानिसहरुका सेलहरुमा जाँच हुँदा नदेखिने गरि लुक्न सक्ने क्षमता कोरोना भाइरसको देखिएको बताएका छन्।