धनगढी । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले कोरोना भाईरस (कोभिड–१९) को उपचारका लागि आवश्यक पर्ने भेन्टिलेटर सहितका उपकरण खरिदका लागि बजेट प्रस्ताव गरेको छ ।
आपूर्ति केन्द्रले आफू मातहतका अस्पतालका लागि १५ वटा भेन्टीलेटर र आईसियु खरिदका लागि बजेट माग गरिएको जनाएको छ।
प्रदेश आपूर्ती व्यवस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले उपकरण खरिद गर्न तयारी थालिएको बताउनुभयो ।
१५ वटा भेन्टीलेटर, १५ शैयाको सघन उपचार कक्ष (आईसियु), १५ वटा अक्सिजन कन्सनट्रेटर र कार्डियाक मोनिटर खरिदका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको छ ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रबाट माग भएको बजेटको प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाईएको जानकारी दिनुभएको छ । मन्त्रालयले को स्वीकृती पछि थप प्रक्रियामा जाने उहाँले जानकारी दिनुभयो ।
सुदूरपश्चिममा अहिले धनगढीको सेती प्रादेशिक अस्पतालमा दुई वटा र महाकाली अस्पतालमा एउटा भेन्टीलेटर गरी तीनवटा सरकारी भेन्टीलेटर छन् ।