कोरोना भाइरसः स्पेनमा एकैदिन ७०४ को मृत्यु, संक्रमित करिव १ लाख ४२ हजार

कोरोना भाइरसः स्पेनमा एकैदिन ७०४ को मृत्यु, संक्रमित करिव १ लाख ४२ हजार

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।स्पेनमा पछिल्लो २४ घण्टामा ७०४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ४५ पुगेको छ ।
स्पेनमा एकैदिन ५ हजार २६७ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४१ हजार ९४२ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ४३ हजार २०८ जना उपचारपछि निको भएका छन् । ७ हजार ६९ जनाको अवस्था गम्भीर रहेको छ भने ८४ हजार ६८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८१ हाजर ९ सय ७२ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १४ लाख २५ हजार ८०५ पुगेको छ ।