कोरोना प्रभाव : चुरोट नपाएपछि खोज्दै जाँदा अर्को देश पुगे, हेलिकप्टरबाट गर्नुपर्‍यो उद्धार

कोरोना प्रभाव : चुरोट नपाएपछि खोज्दै जाँदा अर्को देश पुगे, हेलिकप्टरबाट गर्नुपर्‍यो उद्धार

कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलि रहेको छ । सारा विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म सारा विश्वमा ८१ हजार ८५७ जनाको ज्यान गईसकेको छ भने यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या विश्वभरमा १४ लाख २३ हजार ६४२ पुगेको छ ।

कोरोनाभाइरसका कारण विश्वका कैयौं देश लकडाउन छन् । लकडाउनका कारण अत्यावश्यक बाहेकका सबै पसल बन्द छन् । तर, चुरोटको लतले एक व्यक्तिलाई भने अर्कैं देश पुर्याइदिएको छ । यी व्यक्तिलाई चुरोटको यस्तो इच्छा भयो कि उनी चुरोट खोज्दै एक देशबाट अर्को देश पुगे ।

द टेलिग्राफको समाचार अनुसार फ्रान्सका यी व्यक्तिले लकडाउनका कारण नजिक चुरोट पाइरहेका थिएनन् । त्यसपछि उनी चुरोट किन्नको लागि फ्रान्सबाट स्पेनको लागि पैदल नै हिँडे । पुलिसले उनलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्यो । चुरोट किन्नका लागि फ्रान्देखि स्पेन पुग्ने यी व्यक्तिलाई फ्रान्सको माउन्टेन पुलिसले पर्थसको पहाडबाट हेलिकप्टरमार्फत उद्धार गरेको थियो ।

ती व्यक्ति पहाडको धेरै उचाइमा पुगेपछि निकै थाकिसकेका थिए । उनी जुन ठाउँमा फसेका थिए त्यहाँ निकै चिसो थियो । यसअघि पुलिसले ती व्यक्तिलाई क्याटेलोनियाको ला जोंकेरको स्पेनिस गाउँमा फ्रेन्च भूमध्य सागरको तटमा पेर्विग्ननमा घरभन्दा करिब २० माइल टाढा समातेको थियो । स्पेनको यो ठाउँमा चरोट निकै सस्तो पाइन्छ ।

फ्रान्सको माउन्टेन पुलिसका अनुसार यी व्यक्ति हिँड्दै जाँदा बाटो बिराएर हराएका थिए त्यसपछि उद्धार टिमलाई सम्पर्क गर्नुभन्दा पहिले एक नालीमा खसेका थिए । यी व्यक्तिलाई लकडाउनको नियम उल्लंघन गरेको र गलत तरिकाले सीमा पार गर्ने प्रयास गरेको आरोपमा १२० युरो जरिवाना तिराइएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरस विश्वका २०९ देशहरुमा फैलिइसकेको छ । कोरोना भाइरसको महामारीबाट विश्वकै अति प्रभावित देशको पहिलो नम्बरमा रहेको इटालीमा अहिले सम्म १७ हजार १२७ जनाको ज्यान गईसकेको छ भने संक्रमितको संख्या १ लाख ३५ हजार ५८६ रहेको छ ।

अहिलेसम्म कोरोना भाइरस विश्वका २०९ देशहरुमा फैलिइसकेको छ । त्यस्तै स्पेनमा अहिलेसम्म कोरोनाको महामारीबाट १४ हजार ४५ जनाको मृत्यु भएको छ भने भाइरसबाट १ लाख ४१ हजार ९४२ जना संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३ लाख ९४ हजार १८२ जनामा कोरोनाको संक्रकण देखिएको छ । मृतकको संख्या १२ हजार ७१६ पुगेको छ ।

त्यस्तै फ्रान्समा अहिलेसम्म १० हजार ३२८ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् भने १ लाख ९ हजार ६९ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा मृतकको संख्या अहिलेसम्म ३ हजार ३ सय ३१ पुगेको छ । त्यस्तै ब्रिटेनमा कोरोना भाइरसका कारण ६ हजार १ सय ५९ जनाको ज्यान गएको छ भने ५५ हजार २४२ जनामा कोरोनाको संक्रमण पाइएको छ ।