बेलायतमा कोरोना भाइरसले एकै दिन ९ सय बढीको मृत्यु

बेलायतमा कोरोना भाइरसले एकै दिन ९ सय बढीको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ ।बेलायतमा पछिल्लो २४ घण्टामा ९३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार ९७ पुगेको छ ।

कोरोना भाइरसबाट संक्रमितको संख्या ६० हजार ७३३ पुगको छ । जसमा एकै दिन ५ हजार ४९१ जना संक्रमित भएको जनाइएको छ ।

बेलायतमा संक्रमितमध्ये १३५ जना उपचारपछि निको भएका छन् । १ हजार ५६९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ५३ हजार ५०१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८८ हजार ४०३ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १५ लाख १३ हजार २४५ भन्दा बढी छ ।