कोरोना बिरुद्धको राजनीतिकरण अन्त्य गर्न डब्ल्युएचओको आग्रह

कोरोना बिरुद्धको राजनीतिकरण अन्त्य गर्न डब्ल्युएचओको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का प्रमुख टेड्रोस अदानोम घेब्रियेससले कोभिड नाइन्टिन विरुद्धको राजनीतिकरण अन्त्य गर्न आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओले चीनको पक्षमा काम गरेको आरोप लगाएपछि डब्ल्युएचओ प्रमुखले यस्तो आग्रह गरेका हुन् ।

टेड्रोसले कोभिड राजनीतिलाई क्वारेन्टाइनमा राखेर महामारीविरुद्ध एक हुन अपिल पनि गरे । डब्ल्युएचओले संक्रमण नियन्त्रणका लागि कमजोर प्रयास गरेको भन्दै ट्रम्पले अमेरिकी सहयोग रोक्ने चेतावनी दिएका थिए ।

ट्रम्पले अमेरिकामा कोरोना भाइरसको महामारी फैलनुमा डब्लुएचओले आफूलाई दिएको गलत सूचना कारक रहेको आरोप समेत लगाएका थिए । महानिर्देशक टेड्रोस अधनोम घब्रेससले आफूमाथि ज्यान मार्ने धम्की आएको र जातीय अपमान भएको समेत खुलाएका छन् ।

‘म ज्यान मार्ने धम्कीप्रति खेद प्रकट गर्छु, किनकि, मैले मानिसहरुको जीवन बचाउनु छ, ६० हजार मानिसले ज्यान गुमाए जस्तै मसँग समय छैन,’ टेड्रोसले बताए ।