भारतमा तीब्र रुपमा फैलिदैँ कोरोना भाइरस, यस्तो छ पछिल्लो अपडेट

भारतमा तीब्र रुपमा फैलिदैँ कोरोना भाइरस, यस्तो छ पछिल्लो अपडेट

पछिल्लो समय भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । त्यस्तै मृतकको संख्या पनि बढिरहेको छ । बुधबार भारतमा कोरोना संक्रमणको ५६५ जना भन्दा बढी याँ केशहरु देखिएका छन् । हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या पाँच हजार ९१६ पुगेको छ।

त्यस्तै बुधबारमात्रै भारतमा भाइरसका कारण १८ जनाले ज्यान गुमाएका छन् । योसँगै मृतकको संख्या १७८ पुगेको छ । कोरोना भाइरसका कारण भारतमा चिकित्सकहरु नै असुरक्षित भएको घटनाहरु बाहिर आएका छन् । डाक्टर तथा नर्स नै भाइरसबाट संक्रमित भएसँगै अर्को समस्या थपिएको हो ।

सरकारले चिकित्सकहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । त्यस्तै केही हस्पिटलमा कार्यरत डाक्टर भने काममा आउन छोडेको बताइएको छ । उनीहरु आफ्नो जिम्मेवारीबाट भागेको समेत बताइएको छ ।

हालसम्म स्थिति नियन्त्रणमा रहेको तर, यही रुपले भाइरस फैलिएमा देशले अर्को महासंकट भोग्नुपर्ने अधिकारीहरुले चेतावनी दिएका छन् ।लकडाउन थप्ने वा यसलाई कुन रुपले अगाडि बढाउने भन्नेबारे अध्ययन भइराखेको बताइएको छ ।