कोरोनाभाइरसः अमेरिकामा ज्यान गुमाउनेको संख्या १६ हजार ६ सय नाघ्यो

कोरोनाभाइरसः अमेरिकामा ज्यान गुमाउनेको संख्या १६ हजार ६ सय नाघ्यो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८७२ बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६६३ पुगेको छ ।

अमेरिकामा एकैदिन ३३ हजार २५६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार २८६ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २५ हजार ३१६ जना उपचारपछि निको भएका छन् । १० हजार ११ जनाको अवस्था गम्भीर रहेको । ४ लाख २६ हजार बढी उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ९५ हजार ६५७ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १६ लाख २ हजार ६ सय बढी रहेको छ ।