नयाँ अध्ययन भन्छ- ब्लड ग्रुप 'ए'लाई कोरोनाको जोखिम बढी, ब्लड ग्रुप 'ओ'लाई न्यून‍

नयाँ अध्ययन भन्छ- ब्लड ग्रुप 'ए'लाई कोरोनाको जोखिम बढी, ब्लड ग्रुप 'ओ'लाई न्यून‍

रक्त समूह ए का मानिस कोरानाको संक्रमणको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ।चीनका चिकित्सा अनुसन्धाकर्ताहरुले गरेको प्रारम्भिक अनुसन्धानले रक्त समूह ए का मानिस संक्रमणको उच्च जोखिममा रहेको देखाएको हो।

दुई हजार जना कोभिड- १९ संक्रमितहरुमा अनुसन्धान गर्दा अधिकांश व्यक्तिहरु रक्त समूह ए को रहेको देखिएको हो। चिकित्सा अनुसन्धानकर्ता वाङ सुहाङ्कको नेतृत्वमा अनुसन्धान भएको थियो। अनुसन्धानकर्ताहरुले रक्त समूह ए भएका व्यक्तिहरुलाई विशेष निगरानीमा राख्न सुझाव  समेत दिएका छन्।

'ए रक्त समूह भएका व्यक्तिहरुमा कोरोनाको लक्षण बढी देखिएको छ। उनीहरु उच्च जोखिममा रहेकाले विशेष निगरानीमा राख्नुपर्छ,'' अनुसन्धानकर्ताहरुको सुझावमा उल्लेख छ।

अनुसन्धानकर्ताहरुका अनुसार रक्त समूह ओ भने न्यून जोखिममा छन्। कोरोना भाइरसको संक्रमणपछि चीनको वुहान, बेइजिङ, सांघाई र सेन्झेन सहरमा अनुसन्धान भएको थियो साउथ चाइना मर्निङ पाेष्टले लेखेकाे छ।