बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

पुरुषले दिनदिनै बिहान खाली पेट लसूनको एक पोटी खाँदा विभिन्न रोगको उपचारमा सहायता पुग्छ ।लसूनमा एलिसिन जस्ता पोषक तत्त्वहरू हुन्छन् । यिनले स्वास्थ्यसम्बन्धी धेरै समस्याहरूबाट बचाउँछन् ।

भारतको राजस्थान आयुर्वेदिक विश्वविद्यालयका सहायक प्राध्यापक डा अरुण दधीचका अनुसार पुरुषहरूका लागि लसून सेवनका सात फाइदा यी हुन् :

लसूनमा भएको सेलेनियमले निःसन्तान समस्यालाई हटाउँछ ।

यसमा भएको एन्टीब्याक्टेरियल तत्त्वका कारण सास गनाउने समस्या भाग्छ । अनि महिलाहरू पुरुषप्रति आकर्षित हुन्छन् ।

लसूनमा भएको प्रोटीनले शरीरको मांसपेशी दह्रो हुन्छ ।

यसमा भएको कार्बोहाइड्रेट्सले कमजोरी हटाउँछ र स्फुर्ति दिन्छ ।

यसमा भएको क्याल्सियमले हाड बलियो बनाउँछ ।

यसमा भएको एलिसिनले बोसो डढाउने प्रक्रियालाई तीव्र बनाउँछ । यसो हुँदा तौल नियन्त्रणमा रहन्छ ।

यसमा भएको फाइबरले कब्जियत लगायतका समस्याहरू दूर हुन्छन् ।